भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?


एक व्यक्तिमा धेरै व्यक्तित्व देखिने डीआईडी कस्तो रोग हो ?

‘एउटै शरीरमा अनेक आत्माको बास हुन्छ’ भन्नेबारे अधिकांशले कुनै न कुनै बेला सुनेको हुनुपर्छ  । कतिपय ठाँउमा त भूतप्रेत वा दैवी शक्ति शरीरमा बास गरेको अन्धविश्वासमा निवारणका लागि तन्त्रमन्त्र जस्ता कुरा समेत गरेको पाइन्छ ।

तर यो कुनै भूतप्रेत नभई मानसिक रोग हो । कुनै कारणवश दिमागमा समस्या भएर मानिसमा यस्तो समस्या देखा पर्छ । जसलाई ‘डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर’ (डीआईडी) को नाम दिइएको छ ।

पहिले यसलाई ‘मल्टिपल पर्सनालिटी डिसअर्डर’ पनि भनिन्थ्यो । तर अहिले नाम परिमार्जन गरी डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर (डीआईडी) भन्न थालिएको छ ।

के हो डीआईडी ?

डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर (डीआईडी) एक मानसिक समस्या हो । जसमा एक व्यक्तिमा दुई वा त्यसभन्दा बढी व्यक्तित्व रहन्छ । यसमा हुने समस्यालाई ‘डिसोसिएसन’ भनिन्छ । यसको अर्थ मानसिक प्रक्रियाहरुमा दिमाग अति सचेत हुनु, धारणा र स्मरणशक्तिबाट आफूलाई अलग गर्नु भन्ने हुन्छ ।

डीआईडीको कारण

डीआईडीको समस्या हुने कैयौं कारण हुनसक्छन् । तर यसको सबैभन्दा ठूलो कारण हो आघात । यसको मतलब कुनै पनि किसिमको शारीरिक वा मानसिक झट्का । विशेषगरी यो बाल्यकालमा हुने शारीरिक, मानसिक वा यौन शोषणको कारणले हुनसक्छ ।

एक अध्ययनले अमेरिका, क्यानडा र युरोपमा यो समस्याबाट पीडित लगभग ९० प्रतिशतमा बाल्यकालमा (शारीरिक, यौन वा भावनात्मक) दुर्व्यवहार भएको थियो । केहीमा भने दुर्व्यवहार भएको थिएन तर उनीहरूले कुनै पनि ठूलो क्षति (जस्तै बाबु वा आमाको अकाल मृत्यु) जस्ता गम्भीर आघात भएको देखिएको थियो ।

यस्ता दुर्व्यवहारमा परेका बालबालिकामा विभिन्न संवेदना, नराम्रो घटनाको सम्झना र भावनाले जरा गाडेको हुन्छ । जुन बिस्तारै हाबी हुँदै उनीहरुमा फरक-फरक व्यवहार (हाँस्ने, रुने, कराउने, हिंस्रक हुने) देखाउने हुन्छ ।

त्यस्तो समस्यमा देखिएका बालबालिकालाई समयमै पहिचान गरी संरक्षण र उपचार दिए भविष्यमा यो समस्या जटिल बन्दैन ।

घटना १

ऋषिभ (नाम परिवर्तन) लाई बाल्यकालदेखि नै बाबुआमाले कुटपिट गर्थे । उनी शान्त स्वभावका भएकाले  चुपचाप सहेरै बस्थे । जब उनी १८ वर्ष पुगे तब उनको दिमागले सो कुरालाई नियन्त्रण गर्न सकेन र उनमा अर्कै व्यक्तित्व विकसित हुँदै गयो । यो व्यक्तित्वले बाबुले कुटपिट गर्दा सामना गर्थ्यो । बिस्तारै बाबुले कुट्दा उसले पनि हात उठाउँथ्यो, जसलाई देखेर बाबु हैरान हुन्थे ।

 घटना २

शहनाज (नाम परिवर्तन) कट्टर मुस्लिम परिवारकी सदस्य हुन् । उनको बाल्यकालमा नै नातेदारसँग विवाह तय भएको थियो । यो समस्याका कारण शहनाजले दोस्रो व्यक्तित्व विकास गरिन् । जब उनी घर बाहिर निस्किन्, शहनाजले हिंसात्मक व्यवहार गर्थिन् । उनी र उनका परिवारका सदस्यहरूले केही समयका लागि शरीरमा प्रेतात्मा आएको भने । स्वास्थ्य परीक्षणपछि शहनाजलाई डीआईडी भएको थाहा भयो ।

घटना ३

डेनियल (नाम परिवर्तन गरिएको) बेलायतका बासिन्दा हुन् । स्कुलमा उनलाई निकै होच्याउने, जिस्क्याउने (बुलिङ) गरिन्थ्यो । उनी अरु बालबालिकाका अगाडि कहिल्यै उभिन सक्दिनन् । जसकारण उनमा विस्तारै दुई नयाँ व्यक्तित्व विकास भयो, जसले साथीको बुलिङबाट बचाउँथ्यो । अर्को व्यक्तित्वले वृद्धको जस्तो जीवन कसरी बाँच्ने भनेर सिकाउँथ्यो ।

के फिल्ममा डीआईडीलाई सही तरिकाले प्रस्तुत गरिन्छ ?

यो विषय निकै रोचक हुने भएकाले फिल्ममा यो विकारलाई अतिरञ्जित ढंगले देखाइन्छ । फिल्महरुमा  डीआईडीको व्यक्तित्व ‘राक्षस’को रुपमा प्रस्तुत हुन्छ । तर यथार्थमा यस्तो हुँदैन ।

यो रोगमा यस्ता समस्या भएकालाई उनीहरुको कुन व्यक्तित्वले के गर्छ ? भन्ने थाहा हुँदैन भन्ने धारणा हुन्छ । तर त्यस्तो होइन, उनीहरुलाई सबै कुरा याद हुन्छ ।

 उपचार के हुन्छ ?

डीआईडीको उपचारमा ‘डिप साइकोथेरापी’ चाहिन्छ । जसअन्तर्गत मानसिक थेरापी, पारिवारिक थेरापी (लक्षित व्यक्तिको भावना बुझ्ने, सहज वातावरण गराउने), रिल्याकसेसन टेक्निक र ध्यान गराउने जस्ता विधि अपनाइन्छ । व्यक्तिको अवस्था हेरेर औषधि पनि प्रयोग गरिन्छ । साथै, बिरामीलाई आघातबाट उत्प्रेरित हुन नदिने तालिम दिइन्छ ।

समस्या पहिचान हुन कठिन

डीआईडीका बिरामीलाई समाजमा पागल भनेको देखिन्छ । डीआईडीका अधिकांश बिरामी ग्रामीण क्षेत्रका भएकाले कुनै न कुनै आघातबाट पीडित छन् । तर विडम्बनाको कुरा चेतनाको अभावले यस्ता बिरामी कहिल्यै अगाडि आउँदैनन् । जसकारण यस्ता मानसिक स्वास्थ्य सेवाको पहुँच समेत छैन ।

एजेन्सीको सहयोगमा

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

महिला र पुरुषमा फरक-फरक देखिन्छन् हृदयघातका लक्षण

Next Post

रोजगारीका लागि ११ महिनामा विदेशिए ६ लाख ८२ हजार, यूएई प्रमुख गन्तव्य

स्पेशल खबर

स्पेशल खबर

Next Post
रोजगारीका लागि ११ महिनामा विदेशिए ६ लाख ८२ हजार, यूएई प्रमुख गन्तव्य

रोजगारीका लागि ११ महिनामा विदेशिए ६ लाख ८२ हजार, यूएई प्रमुख गन्तव्य

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

इस्लामी संघद्धारा मदिरा तथा लागूऔषधबिरुद्धको अभियान शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d