भिडियो
Wednesday, April 29, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

काठमाडौं। यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ।

एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदास्थल भए पनि आन्दोलनका क्रममा जलेको छन्।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही अभियानकर्मीले पुरातत्व विभागअघि सम्पदा क्षेत्रमा केही नगरौँ भनी बसेकाले जोगिए पनि यी तीन सम्पदा क्षतिग्रस्त भए। यीबाहेक धार्मिक एवं सांस्कृतिक सम्पदामा भने कुनै क्षति नभएको उनले सुनाए।

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन्। कोषका १७ वटा दुई पाङ्ग्रे र २१ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको विवरण प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

पुरातत्व विभागका दुई वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ। यसैगरी मन्त्रालयका दुई पाङ्ग्रे दुई र चार पाङ्ग्रे तीन वटा सवारीसाधनमा पूर्ण तथा दुई वटा दुई पाङ्ग्रे र सात वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति भएको उपाध्यायले बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ। यसैगरी तीन वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको मन्त्रालयले तयार पारेको क्षति विवरणमा उल्लेख छ।

यस्तै, नेपाल वायुसेवा निगमको एउटा दुई पाङ्ग्रे र छ वटा चार पाङ्ग्रेमा पूर्ण र १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको छ। राष्ट्रिय अभिलेखालयको एउटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

Next Post

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

स्पेशल खबर

स्पेशल खबर

Next Post
जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d