जनकपुरधाम। रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी रौतहटको यमुनामाइ गाउँपालिका २१ वर्षीय सदाबुदिन मियाँको हत्या भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार आज दिउँसो २ : ४० बजे छुरा परिचय नखुलेका युवकमाथि छुरा प्रहार भएको हो । गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लग्दा उनको मृत्यु भएको डिएसपी कार्कीले बताए ।
घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका ३ का युवक मनोज राम रहेका छन् । घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।