लहान । मंसिर २३ सिरहाको पत्रकार प्रदिप कुमार सिंहमाथि भएको दुव्र्यवहार घटनामा ईलाका प्रहरी कार्यालय लहानमा मिलापत्र भएको छ । आरोपितको पक्षबाट नवराजपुर गाउँपालिकाकाे अध्यक्ष शिवउदगार यादवले सहमति गरेको छ। गत सत्ता सरकारी सवारी साधन दुरुपयोगमा गाउँपालिका अध्यक्ष यादवको छोराले गरेको थियो । त्यसको तस्बिर पत्रकार सिंहले खिचेपछि एकअर्काबीच विवाद चलेको थियो । कार्वाहीकाे माँग गर्दै सिंहले प्रहरीमा निवेदन दिएकाे थियाे। साे निवेदन उपर कार्वाहीकाे माँगगर्दै पत्रकार महासंघ सिरहाको अध्यक्ष मनोज बनैताको अगुवाईमा जिल्लाभरिका पत्रकारहरुले ईलाका प्रहरी कार्यालय लहानमा विहिवार दिनभरि धर्ना बसेको थियो । लामाे छलफलपछि मिलापत्र भएको छ । मिलापत्र रोहबरमा एसपी अर्जुन तिम्लिसना, जिल्ला समन्वय समितिकाे सभापति दिनेश कुमार महतो र पत्रकार महासंघ सिरहाकाे अध्यक्ष मनोज बनैता रहेको थियो । आईन्दा सरकारी सवारीसाधनका दुरुपयोग रोक्ने र पत्रकारलाई कुनै किसिमको अभद्र व्यवहार नगर्ने सहमतीकाेसाथ मेल मिलाप भएको छ ।