भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने


राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने

काठमाडौं । बारा-२ मा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जितका लागि सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसमा निर्भर हुनु परेको छ। आफ्नो पार्टीको बलियो प्रभाव भएको बारा-२ मा संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौतीको विषय बनेको छ।

केही महिनाअघि यहाँ भएको निर्वाचनको मत परिणाम हेर्ने हो भने यादवलाई चुनाव जित्‍न कठिनाइ हुन नपर्ने भए पनि उपेन्द्र मैदानमा होमिदा भने समस्या भएको हो। मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा जसपाका उम्मेदवार विजयी मात्र भएका थिएनन्, सो दलले समानुपातिकतर्फ पनि सबभन्दा धेरै मत ल्याएको थियो।

उनले १३ हजार २४२ मत ल्याउँदा दोस्रो भएको दल कांग्रेसले ११ हजार १७९ मत ल्याएको थियो। तेस्रोमा एमालेको ९ हजार १९३ मत थियो। चौथोमा जनमत पार्टीको ८ हजार ८४६ मत थियो भने पाँचौंमा लोसपाको ४ हजार २२५ मत छ। अनि माओवादीको ३ हजार २५६ मत छ।

यसपालि बारा-२ मा सत्ता गठबन्धनका तीनै दल कांग्रेस, माओवादी र लोसपाले जसपालाई सघाएका छन्। जसपासहित यी तीनै दलको समानुपातिक मत जोड्ने हो भने ३१ हजार ९ सय २ मत हुन्छ। जबकि जनमत पार्टीको करिब ९ हजार मात्रै मत छ। र एमालेले आफ्नै उम्मेदवार उठाएको छ।

त्यसमाथि मंसिरको निर्वाचनमा जसपाबाटै बागी उठेर ११ हजार ४३ मत ल्याएका रामकिशोर प्रसाद यादव र कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रवीन्द्रप्रसाद यादवले यसपालि उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्।

पहिलो कारण, उनलाई पाँच महिनाअघि जसले सप्तरी-२ मा ठूलो मतान्तरले चुनाव हरायो, त्यही व्यक्तिका कारण बारा-२ मा पनि उनी अप्ठ्यारोमा छन्। अर्थात बारा-२ मा उम्मेदवार नै नरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने देखिएको छ।

बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भए पनि यो निर्वाचन क्षेत्रका गाउँटोलमा चर्चा सिके राउत र उपेन्द्र यादवको छ। बारा-२ को यो उपनिर्वाचन सप्तरी-२ को ‘रि-म्याच’ जस्तो देखिएको छ। त्यसैले यहाँ यादवले कुशवाहालाई होइन सिके राउतलाई हराउनु पर्नेछ! सजिलो ठानिएको यो निर्वाचन क्षेत्रमा यादवलाई गाह्रो पर्नुको अर्को कारण कांग्रेसको मत ट्रान्सफर नहुनु पनि रहेको छ।

यसअघि भएको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेपछि कांग्रेसबाटै बागी उम्मेदवारी परेको थियो भने अहिले उपनिर्वाचनमा पनि जसपालाई समर्थन गरेपछि फेरि कांग्रेसजनहरु रुष्ट बनेका हुन्। मंसिरमा जसका विरुद्ध अभियान चलाइयो अहिले उसैका लागि मत माग्‍न नसकिने भन्दै कांग्रेसीहरु आक्रोशित बनेका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

Next Post

नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

स्पेशल खबर

स्पेशल खबर

Next Post
नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

नेपाली सेनाले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया बिना नै चीनबाट रु ६ अर्ब बराबरको हतियार खरिद गर्दै

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d