भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?


महिला र पुरुषमा देखिने यौनरोग ‘ट्राइकोमोनिसिस’ के हो ?

ट्राइकोमोनिसिस यौन प्रसारित रोग हो । जुन ‘ट्राइकोमोनस भेजिनलिज’ परजीवीको संक्रमणको कारण लाग्छ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्रीच’ पनि भनिन्छ । यो रोग महिला र पुरुष दुवैमा देखिन्छ । तुलनात्मक रुपमा महिलामा यसको लक्षण र संक्रमण देखिने प्रबल सम्भावना हुन्छ ।

यता, पुरुषमा भने यसको लक्षण नदिन पनि सक्छ । ट्राइकोमोनिसिसको समयमै पहिचान र उपचार हुन सकेन भने यो रोगले एचआईभी सहित अन्य यौनरोग पनि गराउन सक्छ ।

विश्वव्यापी रुपमा यो समस्या साझा रूपमै देखिएको पाइन्छ । यौन जीवनमा सक्रिय हुने जो कोही यो समस्याको चपेटामा पर्न सक्छन् । वर्षेनी लाखौं मानिसमा ट्राइकोमोनिसिसको संक्रमणबाट प्रभावित हुन्छन् ।

कसरी लाग्छ ?

ट्राइकोमोनिसिसबाट पहिलै संक्रमित भएकोसँग असुरक्षित यौन सम्बन्ध राख्दा यो रोग लाग्छ । महिलामा यो संक्रमण योनी हुँदै पाठेघरसम्म पुग्न सक्छ । त्यस्तै, पुरुषमा लिंग हुँदै प्रोस्टेट र मूत्रथैलीमा समेत पुग्न सक्छ । कुनै लक्षण नदेखिए पनि संक्रमितबाट यौन खेलौनाको प्रयोग, मुखमैथुन र असुरक्षित यौन सम्बन्धबाट अर्को व्यक्तिलाई सार्न सक्छन् ।

यद्यपि, यो संक्रमित व्यक्तिबाट खाना, कपडा र चुम्बनबाट सर्दैन ।

जोखिम कारक

– एकभन्दा बढी यौन साथी बनाउनु

– असुरक्षित यौन सम्पर्क

– पहिला नै ट्राइकोमोनिसिस भइसकेको अवस्थामा

– अन्य यौन प्रसारित रोग भएमा

लक्षण

धेरैजसोमा ट्राइकोमोनियासिस संक्रमण भएकाहरूमा लक्षण नै देखिंदैन । र, पहिचान छिटो हुन पाउँदैन । महिलाको तुलनामा पुरुषमा प्रायः कुनै लक्षण हुँदैन । यदि महिलामा संक्रमण भएमा लक्षणहरू एक हप्ताभित्र देखा पर्छ ।

महिलामा देखिने लक्षण

– योनीबाट पहेंलो-हरियो वा सेतो दूधजस्तो पानी बग्नु

– योनीबाट कडा गन्ध आउनु

– पिसाब गर्दा दुखाइ र असहज महसुस हुनु

– यौन सम्बन्ध राख्दा पीडा हुनु

– योनी चिलाउनु र यसको क्षेत्र सुन्निनु

पुरुषमा देखिने लक्षण

– बिहान पिसाब पहिलो पटक गर्दा लिङ्गबाट स्राब हुनु

– लिङ्गको टुप्पो वा मूत्रद्वार वरपर चिलाउनु

– यौन सम्पर्क गर्दा र वीर्य झर्दा दुख्नु

– पिसाब गर्दा दुख्ने र आफैं ठीक हुनु

ट्राइकोमोनियासिमा देखिने यस्ता लक्षण आफैं ठीक हुँदैनन् । यो समस्या भए तुरुन्त परीक्षण गराउने र आफ्नो यौन साथीलाई पनि खुलेर भन्न सकिन्छ ।

पहिचान

महिलामा योनीभित्रको तरल पदार्थ,र पिसाबको नमुना लिन सकिन्छ । योनीस्राबको नमुना लिई माइक्रो स्कोप, कल्चर र डीएनए परीक्षणबाट पनि पत्ता लाग्छ । नियमित पाठेघरको मुखको परीक्षण गर्दा पनि यो रोगको पहिचान हुनसक्छ ।

पुरुषमा मूत्रनलीबाट तरल पदार्थको नमुना लिइन्छ ।

उपचार

यो संक्रमणको पत्ता लागेमा खाने औषधिले पनि निको पार्छ । औषधिमा ‘मेटोनिडाजोल’ वा ‘टाइनिडाजोल एन्टिबायोटिक्स’ लिन सकिन्छ, जुन चिकित्सकको सल्लाहमा मात्र खानुपर्छ । यी औषधिले संक्रमणलाई रोक्न सक्छ ।

जबसम्म उपचार पूरा हुँदैन । तबसम्म यौनसम्बन्ध नबनाउन सल्लाह दिइन्छ । यसको उपचार नभएमा यो महिनौं र वषौंसम्म रहिरहन सक्छ ।

उपचार नभएमा

यदि समयमा उपचार भएन भने यसले अन्य यौन प्रसारित रोगको जोखिम गराउन सक्छ । गर्भावस्थामा यो समस्या भएमा डाक्टरले तोकेको प्रसव मिति अगावै सन्तान जन्मिने, कम तौलको हुनसक्ने र उनीहरूमा पनि यसको संक्रमण हुने सम्भावना हुन्छ ।

त्यस्तै, उपचार नभएमा यौनाङ्गबाट गन्हाउने खालको तरल पदार्थ बग्ने, सुन्निने र रातोपन भइराख्ने हुनसक्छ ।

कसरी बच्ने ?

– यौन सम्बन्ध राख्दा कण्डमको प्रयोग गर्ने

– असामान्य स्राव, घाउ र पिसाब गर्दा दुखाइ भएमा यौन सञ्चारित रोगको परीक्षण गराउने

– वर्षमा एक पटक पाठेघरको लागि जाँच गराउँदा यौन सञ्चारित रोगको पनि परीक्षण गराउने ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

योनी दुखिरहनुको कारण के हो ?

Next Post

प्यालेस्टिनी अधिकारीले भने- ‘गाजामा युद्धविरामका लागि वार्ता ९० प्रतिशत पूरा भयो’

स्पेशल खबर

स्पेशल खबर

Next Post
प्यालेस्टिनी अधिकारीले भने- ‘गाजामा युद्धविरामका लागि वार्ता ९० प्रतिशत पूरा भयो’

प्यालेस्टिनी अधिकारीले भने- ‘गाजामा युद्धविरामका लागि वार्ता ९० प्रतिशत पूरा भयो’

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्ने अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न आजपाको माग

जनकपुर बोल्ट्सका समर्थकमाथि आक्रमण गर्ने अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न आजपाको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d