भिडियो
Saturday, May 24, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

खेलकुद क्षेत्रमा राज्यको यथोचित ध्यान पुग्न सकेको छैन : अध्यक्ष चन्द्र भुषण साह


खेलकुद क्षेत्रमा राज्यको यथोचित ध्यान पुग्न सकेको छैन : अध्यक्ष चन्द्र भुषण साह

काठमाडौं – “स्वास्थका लागि खेलकुद – राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकामा आजबाट आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ एक समारोहका बीच शुभारम्भ भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं आईटी आर्मीका अध्यक्ष चन्द्र भुषण साहले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी राज्यको प्रमुख दायित्व भएको बताएका छन् । उनले खेलकुद क्षेत्रमा राज्यको पर्याप्त ध्यान पुग्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै, नव प्रतिभा विकास र प्रोत्साहनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

आम जनता पार्टीका उपमहासचिव एवं प्रवक्ता समेत रहेका अध्यक्ष सीबी साहले भने, “खेलाडीहरू राष्ट्रका गहना हुन् । उनीहरूको उचित प्रोत्साहन र सम्मान बिना खेलकुद क्षेत्रको दिगो विकास सम्भव छैन । खेलकुद क्षेत्रमा लगानीको अभाव र खेलाडीहरूको भविष्यप्रति राज्य उदासीन देखिन्छ । यो अवस्थालाई परिवर्तन गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।”

अध्यक्ष साहले आफ्नो संगठनको उद्देश्य खेलकुद, प्रविधि र प्रतिभा प्रोत्साहनमा योगदान गर्नु पनि रहेको बताए । “आईटी आर्मीले नव प्रतिभा पहिचान गरी उनीहरूको विकासका लागि आवश्यक सहयोग प्रदान गर्दै आएको छ । राज्यले पनि खेलाडीको जीवनलाई गम्भीरताका साथ हेर्नुपर्छ,” साहले भने ।

उनले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई राष्ट्रको प्रतिष्ठासँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा हेरिनुपर्नेमा जोड दिए । “नव प्रतिभाहरूलाई अवसर दिएमा उनीहरूले राष्ट्रिय एकता र अखण्डतालाई समेत मजबुत गर्दै देशलाई विश्वस्तरमा चिनाउन सक्छन्,” उनले थपे।

अध्यक्ष साहले खेलाडीहरूको दीर्घकालीन सुरक्षाका लागि स्पष्ट नीति निर्माणको माग गरे । “खेलकुद क्षेत्रमा लगानी, पूर्वाधारको विकास र खेलाडीहरूको भविष्य सुनिश्चित गर्न राज्यले तुरुन्त ठोस कदम चाल्नुपर्छ । यो केवल खेलाडीहरूको व्यक्तिगत जीवन र जीविका कुरा मात्र नभई, समग्रमा राष्ट्रकै पहिचान, सम्मान र श्रेष्ठताको सवाल समेत हो,” उनले भने। उनले युवा पुस्तालाई खेलकुदमा प्रोत्साहित गर्न सरकार, निजी क्षेत्र र सामाजिक संस्थाहरूको सहकार्य अपरिहार्य भएको बताए ।

मार्स युवा क्लवको संयोजन तथा सोनु कुमार गुप्ताको अध्यक्षतामा भैरहेको यस प्रतियोगितामा काठमाडौं उपत्यका भित्रको ३७ ओटा प्रतिष्ठित विद्यालयको सहभागिता रहेको तथा विजेताले ट्र्फी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रू. २०,०००/- , उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रू. १०,०००/- र तृतीय हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्पूर्ण सहभागीहरुलाई समेत सहभागिताको प्रामाण पत्र प्रदान गरिने जानकारी कार्यक्रम संयोजक राजन पटेलले जानकारी दिएका छन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

Next Post

हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाइ सेवा अवरुद्ध

स्पेशल खबर

स्पेशल खबर

Next Post
हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाइ सेवा अवरुद्ध

हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाइ सेवा अवरुद्ध

लस एन्जलसमा हावा अझै तीब्र हुनसक्ने मौसम विभागको चेतावनी

लस एन्जलसमा हावा अझै तीब्र हुनसक्ने मौसम विभागको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

प्रहरीका सात डीआईजीको सरूवा

प्रहरीका सात डीआईजीको सरूवा

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d