काठमाडौं । आईसीसी यू-१९ टी-२० महिला विश्वकपमा नेपालले बंगलादेशविरूद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
बंगदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो।
गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो ।
नेपाल समूह डीमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँग रहेको छ ।
नेपाल एसिया रिजलन क्वालिफायरबाट प्रतियोगितामा छनोट भएका हुन् । नेपालले पहिलोपटक यू-१९ महिला विश्वकप खेल्न लागेको हो ।