भिडियो
Saturday, October 18, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्


छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

काठमाडौं । “मेरी आमा म डाक्टर भएको हेर्न चाहनुहुन्थ्यो। त्यो सपना पूरा गर्न मलाई मेरी छोरीले सघाइन्,” अमुथावल्ली मनिवन्ननले बताइन्।

दक्षिण भारतको तमिलनाडु राज्यको एउटा सानो नगरमा बस्ने अमुथावल्लीले आफ्नो सम्पूर्ण जीवनकालमा सङ्घर्ष गर्नुपरेको छ। दलित समुदायकी उनी बच्चैदेखि पोलियो रोगबाट ग्रसित थिइन्। उनी ११ वर्षको हुँदा उनका पिताको निधन भयो।

सानैदेखि अमुथावल्ली डाक्टर बन्ने सपना देख्थिन्। तर स्कूलको अन्तिम परीक्षामा पर्याप्त अङ्क ल्याउन असमर्थ भएपछि उनले फिजिओथेरपी रोजिन्।

गत वर्ष उनले आफ्नी एकमात्र छोरी संयुक्तालाई मेडिकल स्कूलमा प्रवेश परीक्षाका निम्ति तयारी गर्न सघाइन्। त्यसपछि उनले आफैँ पनि परीक्षा दिने निधो गरिन्।

आफ्नो पुरानो आकाङ्क्षाले उनलाई कडा परिश्रम गर्न प्रोत्साहित गर्‍यो। उनको कठिन परिश्रमले उनलाई सफल बनायो। अमुथावल्ली र छोरी दुवै जना प्रवेशपरीक्षामा उत्तीर्ण भए। अब दुवै जना चिकित्साशास्त्र अध्ययन गर्ने तयारीमा छन्।

“मैले विगत महिनादेखि कठिन मेहनत गरेँ। सरकारी मेडिकल कलेजमा पढ्ने अवसर पाएकोमा म छक्क परेकी छु,” ४९ वर्षीया अमुथावल्लीले भनिन्।

भारतका मेडिकल कलेजहरूमा भर्ना पाउन निकै प्रतिस्पर्धा गर्नुपर्छ।

डाक्टर बन्न एमबीबीएस तहको पढाइका लागि उपलब्ध १,२०,००० सीटका लागि देशभरि २४ लाख विद्यार्थीले प्रतिस्पर्धा गर्छन्।

तीमध्ये आधा सीट मात्र सरकारद्वारा सञ्चालित निकायसँग छ। तिनमा विद्यार्थीहरूले थोरै शुल्क तिर्छन्।

आफ्नो विद्यालयस्तरीय शिक्षा सकिएपछि अरू कैयौँ विद्यार्थीहरूजस्तै संयुक्ताले राष्ट्रिय प्रवेशपरीक्षाका लागि एक वर्ष तयारी गरिन्।

“उनी [छोरी संयुक्ता] मलाई बारम्बार उत्तर जाँचिदिन भन्थिन्। अचानक मेरो मनमा मैले पनि कोसिस गर्नुपर्छ भन्ने आयो,” अमुथावलीले बीबीसी न्यूज तमिललाई भनिन्।

अमुथावल्लीले ३० वर्षअघि नै विद्यालय तहको पढाइ सकेकी हुन्। त्यतिखेर उनले पढेको पाठ्यक्रम निकै भिन्न थियो।

“मलाई भौतिकशास्त्र निकै कठिन लाग्यो। धेरै समीकरण र सूत्र थिए। मैले धेरै बुझ्न सकिनँ। जीवशास्त्रमा मैले राम्रो गर्न सकेँ,” राहतका सास फेर्दै उनले भनिन्।

मेडिकल प्रवेश परीक्षामा विद्यार्थीहरूले ‘मल्टिपल चोइस’ प्रश्नावलीको सामना गर्नुपर्छ। धेरै विकल्पमध्ये सही विकल्प रोज्नुपर्छ। गलत जबाफ दिएमा अङ्क काटिन्छ।

“हरेक प्रश्नको चारवटा उस्तै लाग्ने जबाफ राखिएका हुन्छन्। तीमध्ये सही विकल्प रोज्ने तरिका मेरी छोरीले मलाई सिकाइन्।”

संयुक्ताले आफूले आमालाई सघाएको सम्झिइन्। उनले सबै प्रश्नको छिटो उत्तर दिन अनि अनुमान गरेर अङ्क गुम्ने जोखिम नमोल्न सिकाएको बताइन्।

“सामान्यतया म मेरो कक्षाबाट घर फर्कनासाथ आमाले मलाई पाँचवटा प्रश्न सोध्न भन्नुहुन्थ्यो। तीमध्ये धेरैजसो उहाँले तीनवटाको सही उत्तर दिनुहुन्थ्यो। म रिसाउँथेँ,” १८ वर्षीया संयुक्ताले भनिन्।

“मेरी आमालाई जीवशास्त्र मन पर्थ्यो। तर भौतिकशास्त्र र रसायनशास्त्र गाह्रो लाग्थ्यो। उहाँले अझै थप मेहनत गर्नुभएको भए धेरै अङ्क आउन सक्थ्यो,” संयुक्ताले भनिन्।

आमालाई सिकाउँदा आफूलाई पनि सिक्न धेरै सहज भएको संयुक्ताले बताइन्।

भारतमा डाक्टरहरूले अग्रणी सामाजिक हैसियत तथा धेरै सम्मान पाउँछन्।

यी आमाछोरीलाई साथी तथा आफन्तहरूबाट बधाईको ओइरो लागेको छ। बीबीसीसँग बोल्दै अमुथावलीले पुरानो सङ्घर्षको स्मरण गरिन्।

“मैले सन् १९९४ मा स्कूले शिक्षा सकेँ। म डाक्टर बन्न चाहन्थेँ,” उनले भनिन्। तर सफल हुन नसकेपछि आफू निकै निराश भएको उनले वर्णन गरिन्।

“मेरी आमाको साथ लागेर मैले त्यतिखेर मेडिकल भर्ना प्रक्रिया बुझेँ। मेडिकल कलेजमा भर्ना पाउन पुग्ने अङ्क थिएन। मैले फिजिओथेरपीको सीट पाएँ,” अमुथावल्लीले भनिन्।

“मेरी आमालाई निकै चोट पर्‍यो। उहाँ रुनुभो।”

“फिजिओथेरपी पनि एक प्रकारको मेडिकल कार्य नै हो र यसमा पनि मैले बिरामीकै सेवा गर्ने हो भनेर मैले उहाँलाई भनेँ।”

त्यतिखेर उनको परिवारलाई भर्ना शुल्क तिर्न पनि गाह्रो थियो – सन् १९९४ तिर भर्ना शुल्क करिब २०० डलर बराबर थियो।।

अमुथावल्लीकी आमा एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन्। आफ्ना चार सन्तान हुर्काउन उनले निकै मेहनत गरेकी थिइन्।

“अहिले आएर मैले सोचेको जस्तो भयो। तर मेरो सफलता देख्न मेरी आमाले पाउनुभएन,” अमुथावल्लीले भावपूर्ण रूपमा बताइन्।

अमुथावल्लीका पति मनिवन्नन पत्नी र छोरीको उपलब्धिबाट निकै खुसी छन्।

“अस्पतालमै काम गरे पनि डाक्टर हुन नपाएकोमा उनी सधैँ अलिकति दु:खी हुन्थिन्। तर छोरीको सहयोगले उनले यो उपलब्धि हासिल गरिन्,” पेसाले वकिल मनिवन्ननले भने।

अमुथावल्लीले आफ्नै गृहराज्यमा रहेको सरकारी मेडिकल कलेजमा पढ्ने सीट पाएकी छन्।

जीवनभरि अस्पतालमा अनि डाक्टरहरूकै सङ्गतमा काम गरेकाले मेडिकल कलेजमा आफूभन्दा साना उमेरका साथीहरूसँग पढ्न सहजै हुने उनी ठान्छिन्।

“सबै जना मेरो छोरीको उमेर सरहका हुने छन्। उनीहरूसँग म मजाले घुलमिल हुन सक्छु।”

संयुक्ताले चाहिँ कुन कलेजमा सीट पाइन् भनेर खबर आइसकेको छैन। तर आमाकै कलेजमा जान चाहिँ त्यति इच्छुक छैनन्।

“उही कक्षामा बसेर पढ्न पर्‍यो भने पनि मलाई ठूलै समस्या चाहिँ हुँदैन,” उनले भनिन्।

“तर अर्कै कलेजमा मेरो भर्ना भयो भने म अलि बढी खुला हुन पाउँथेँ र मेरा निम्ति स्वाभाविक हुने थियो।”

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मिसन पत्रकारिताको लागि ग्रीन ई-टेलिभिजन सञ्चालनमा

Next Post

बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

स्पेशल खबर

स्पेशल खबर

Next Post
बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

बढुवा भएका सशस्त्रका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान

म्यानमारमा सेनाले सत्ता कब्जा गरेको ५ वर्षपछि डिसेम्बरमा चुनाव हुँदै

म्यानमारमा सेनाले सत्ता कब्जा गरेको ५ वर्षपछि डिसेम्बरमा चुनाव हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d