भिडियो
Wednesday, February 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

काठमाडौं। नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।

प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए। ‘जहाँ-जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,’ उनले भने।

उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकेको छ। निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै चालिसेले पार्टीले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता समेत जारी गरेको बताए।

‘पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन आन्तरिक आचारसंहिता लागू गरिएको छ’ उनले भने, ‘साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न सबै नेता-कार्यकर्तालाई निर्देशन दिइसकिएको छ।’

कांग्रेसले यसपटक प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति बनाएको पनि उनले जानकारी दिए। सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत मतदाता पहुँच विस्तार गर्ने योजना अनुसार प्रचार अभियान अघि बढाइने उनको भनाइ छ।

प्रवक्ता चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टी पंक्तिमा नयाँ ऊर्जा र उत्प्रेरणा सिर्जना गरेको दाबी गरे। ‘महाधिवेशनमा सहभागी नहुनेहरू समेत पार्टी गतिविधिमा जोडिन थालेका छन्,’ उनले भने, ‘अन्य दलका नेता-कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गर्ने क्रम जारी छ।’

कांग्रेसले संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार विधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति लिएको प्रवक्ता चालिसेको भनाइ छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

स्पेशल खबर

स्पेशल खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d