भिडियो
Thursday, September 3, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

छोचेन खोलाको इम्प्याक्ट क्रेटर वरिपरि हिमचट्टान भत्किने जोखिम

छोचेन खोलाको इम्प्याक्ट क्रेटर वरिपरि हिमचट्टान भत्किने जोखिम

काठमाडौं । नेपालको छोचेन खोलास्थित इम्प्याक्ट क्रेटर (प्रभाव क्षेत्र वा खाडल) वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ। यसले तल्लो तटीय क्षेत्रमा थप सम्भावित खतरा निम्त्याउन सक्ने चेतावनी मन्त्रालयले दिएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यम ‘सीसीटीभी न्युज’ले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै मङ्गलबार यस्तो विवरण सार्वजनिक गरेको हो।

सीसीटीभीका अनुसार, चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको बाढीको विपद्‌सँग जोडिएका सम्पूर्ण जोखिमहरूको निरन्तर मूल्याङ्कन गर्न मन्त्रालयले अनुगमन तथा परामर्शलाई तीव्रता दिएको छ।

रिमोट-सेन्सिङ तस्वीरहरूको पछिल्लो तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ साङ्पो नदी बेसिनमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालहरूको जलसतहमा भने कुनै उल्लेखनीय परिवर्तन देखिएको छैन। ती तालहरू हाल समग्रमा स्थिर अवस्थामै रहेका छन्।

मङ्गलबार बिहान (नेपाली समय ५:४५ बजे) खिचिएको ड्रोन तस्वीरअनुसार छोचेन खोलाको खाडलमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो क्षेत्रमा नदीको बहाव हाल सामान्य छ। यद्यपि, सो क्रेटर वरपर अझै पनि हिमनदी वा हिमखण्डहरू भत्किने जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउनुपर्ने रिपोर्टमा उल्लेख छ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

चरौँदी झोलुङ्गे पुल बाढीले पूर्ण रूपमा क्षतिग्रस्त

Next Post

बाढीपहिरोका बेवारिसे शवलाई ‘स्याम्पल नम्बर’ दिइने

स्पेशल खबर

स्पेशल खबर

Next Post
बाढीपहिरोका बेवारिसे शवलाई ‘स्याम्पल नम्बर’ दिइने

बाढीपहिरोका बेवारिसे शवलाई ‘स्याम्पल नम्बर’ दिइने

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मेमोरी चिपको माग बढ्दा कोरियाको निर्यातमा ऐतिहासिक उछाल

मेमोरी चिपको माग बढ्दा कोरियाको निर्यातमा ऐतिहासिक उछाल

किमसँग भेट्दा सानो गल्ती पनि भारी, पूर्वकूटनीतिज्ञको खुलासा

किमसँग भेट्दा सानो गल्ती पनि भारी, पूर्वकूटनीतिज्ञको खुलासा

जर्मनीले लिपजिग विमानस्थलमा ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकाल्यो

जर्मनीले लिपजिग विमानस्थलमा ड्रोन आक्रमण प्रयासमा रुस जिम्मेवार रहेको निष्कर्ष निकाल्यो

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

हिमालयको तापक्रम वृद्धिले निम्त्यायो भोटेकोशीको भीषण बाढी : शाह

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

बाढी राहतका लागि प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र विस्तार

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

दलदल छिचोल्दै सुरुङको ‘क्राउन’सम्म पुग्यो उद्धार टोली

मोदीको उज्वेकिस्तान भ्रमणमा ११ महत्वपूर्ण सम्झौता

मोदीको उज्वेकिस्तान भ्रमणमा ११ महत्वपूर्ण सम्झौता

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रबाट ११ हजार ८८४ जनाको उद्धार

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d