सुरेश यादव/ नवलपरासी ।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -११ बर्दगाेरिया क्षेत्रबाट नदिजन्य पदार्थ अबैध रुपमा उत्तखनन् गरिरहेकाे अवस्थमा तिन वटा टिप्पर पक्राउ परेको छ । बर्दगाेरिया क्षेत्रमाबाट नदिजन्य पदार्थ बालुवा , मिस्कट लगाएतकाे पदार्थ उत्तखनन् गरिरहेकाे अस्थामा लु१क ३८९० ,लु२ख४२९० र लु १क ५४०२ नम्बरकाे टिप्पर ईलाका प्रहरी कार्यलय सुनवल बाट खटिएकाे प्रहरी टाेलिले पक्राउ गरेकाे छ । थप आवश्यक कार्वाही काे लागि सुनवल नगरपालिका लाई बुझाईएकाे जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारि डिएसपी भाेजराज पाण्डेले जानकारी दिनुभएको छ ।
यस्तै प्रहरी चाैकि बैरागनाथ बाट खटिएकाे प्रहरी टाेलिले जिल्लाकाे रामग्राम नगरपालिका वडा नम्बर -१८ दशकठ्ठा स्थित लु १ ज ४४०९ नम्बर काे पिकप गाडि सहित १५ क्विन्टल चिनि सहित बेवारिसे अवस्थामा फेला पारि चेकजाँच गर्दा पक्राउ गरेको छ । साथै उक्त चिनि सहितकाे पिकअप गाडिलाई नियन्त्रणमा लिई ९० हजार बराबरकाे अन्दाजी मुल्यकाे चिनि र गाडीको अन्दाजी मुल्य १२ लाख बराबर रहेको साथै नियन्त्रणमा लिएको उक्त दुबै चिनि र गाडिलाई आवश्यक कार्वाहीकाे लागि महेशपुर भान्सार कार्यालयलाई बुझाईकाे सुचना अधिकारी पाण्डेले बताए ।
यस्तै भारतबाट अवैध रुपमा भान्सार छलि नेपाल तर्फ लाई बेवारिसे अवस्थामा राखेको अन्दाजी मुल्य १ लाख ५३ हजार ४३० रुपैयाँ बराबरको विभिन्न कुर्ता, सुरुवाल, साडि लगाएतकाे अबैध कपडा तथा विभिन्न खाद्यान्न सामाग्रीहरु जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टाेलिले रामग्राम नगरपालिका वडा नम्बर -४ बैरिहवाबाट पक्राउ गरि आवश्यक कार्वाहीकाे लागि महेशपुर भान्सार कार्यालयमा पठाईएकाे प्रहरीले जनाएको छ ।