भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?


वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

काठमाडौं । नेपाली पात्रोमा अब चाडपर्व सुरु भएको छ । तीज, दशैं, त्यसपछि तिहार । चाडपर्वको यो याममा मीठोमसिनो व्यञ्जनसँगै नेपाली समाजले मदिरा पनि उत्तिकै खपत गर्छ ।

मदिरामा खासै स्वाद नभिजेकाहरु पनि यतिबेला वाइनको चुस्की लिन थालेका छन् । पर्व, उत्सव, जमघटमा वाइनको ग्लास समात्ने जमात बढ्दो छ । यसलाई उनीहरुले ‘सोसल ड्रिंकको रुपमा लिने गरेका छन् ।

त्यसो त वाइनप्रति हाम्रो समाज त्यति अनुदार छैन, जति अन्य मदिराजन्य पेयप्रति छ । समाजमा व्याप्त धारणा छ, ‘वाइन हार्ड ड्रिंक होइन, वाइनले खासै मात्दैन, वाइनले कुनै हानी गर्दैन, वाइनले मुटुलाई फाइदा गर्छ ।’

तपाईंले गुगलमा गएर खोज्नुभयो भने ‘वाइन पिउनुका फाइदा’ शीर्षकमा थुप्रै सामग्री फेला पार्नुहुनेछ ।

के वास्तवमै यो सत्य हो ?

किनभने चिकित्सकहरुले वाइनलाई पनि अन्य मदिराकै श्रेणीमा राखेका छन् । अन्य मदिराले शरीरमा जे-जस्तो असर गर्छ, वाइनले पनि त्यही गर्ने उनीहरु बताउँछन् । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु भन्छन्, ‘वाइन कुनै स्वस्थ्यवर्द्धक पेय होइन ।’ वाइनले मुटुलाई फाइदा गर्छ भन्ने कुरा पनि निराधार रहेको उनको भनाइ छ ।

‘विभिन्न जर्नलहरूमा रेड वाइन मुटुको लागि राम्रो हो भनिएको छ, तर त्यो सत्य होइन,’ डा. कोजु भन्छन्, ‘कुनै पनि मुटुरोग सम्बन्धी डाक्टरलाई सोध्नुभयो भने रेड वाइनले मुटुलाई फाइदा गर्छ भन्दैनन् किनकि यो प्रमाणित भएको छैन ।’

किन वाइनलाई लाभदायक भनियो ?

वाइनप्रतिको धारणा र त्यसले स्वास्थ्यमा पार्ने प्रभावबारे बीबीसीमा एउटा लेख छापिएको छ । उक्त लेख अनुसार ‘वाइन पिउनु स्वास्थ्यको लागि लाभदायक छ’ भन्ने बुझाइ सन् १९७० को दशकको हो । त्यो बेला वैज्ञानिकले के पत्ता लगाएका थिए भने अन्य देशको तुलनामा फ्रान्सका मानिसहरूलाई मुटुको रोग कम लाग्छ । जबकि फ्रान्सका बासिन्दाहरू अन्य देशका मानिस भन्दा बढी सेचुरेटेड फ्याट खान्थे ।

वैज्ञानिकहरूको विश्वास के थियो भने फ्रान्सका मानिसहरूलाई मुटुको समस्या कम हुनुको सोझो सम्बन्ध वाइन पिउने बानीसँग सम्बन्धित छ ।

बीबीसीमा लेखिएको छ, ‘यसलाई वैज्ञानिकहरूले फ्रान्सेली विरोधाभासको संज्ञा दिएका थिए । यो त्यस्तो बहस थियो, जसलाई वैज्ञानिकहरूले आजका मितिसम्म सुल्झाउन सकेका छैनन् । यद्यपि फ्रान्सेली विरोधाभासले यति प्रचार पायो कि अहिले विश्वभरि नै के कुरा स्थापित भएको छ भने थोरै वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।’

रेड वाइनले मुटुलाई फाइदा कि हानी ?

मुटुरोग विशेषज्ञ डा. कोजुका भन्छन्, ‘रेड वाइन खाऊ त्यसले मुटुको स्वास्थ्यलाई फाइदा गर्छ भनेर डाक्टरहरूले भने कतै भनेको पाइएको छैन ।  वाइनमा १० देखि १७ प्रतिशतसम्म अल्कोहलको मात्रा हुन्छ । त्यति मात्रामा भए पनि अल्कोहल दैनिक रूपमा सेवन गर्दा  शरीरमा अल्कोहलको लेबल बढ्दै जान्छ । जुन स्वास्थ्यको लागि लाभदायक हुँदैन ।’

सन् २००६ मा मदिराको हानी तथा फाइदाका सम्बन्धमा गरिएका ५४ वटा रिसर्चहरूले केही निष्कर्ष निकालेको छ । निष्कर्ष के थियो भने थोरै–थोरै मदिरा पिउनु र मुटुको रोग लाग्ने सम्भावना कम हुनुबीच कुनै पनि सम्बन्ध छैन ।

यद्यपि कार्डियो भास्कुलर सर्जन डा. सञ्जीतकुमार शाहको भनाइ फरक छ । उनी दैनिक ८० एमएल रेड वाइन पिउनु फाइदाजनक हुने बताउँछन् ।

‘प्रत्येक दिन ८० एम एल रेड वाइन सेवन गर्दा हाम्रो शरीरमा ‘उच्च घनत्व लिपोप्रोटिन’ राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ । यो राम्रो कोलेस्ट्रोलको मात्रा बढेपछि हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ भनेर धेरै अनुसन्धानहरूले देखाएको छ,’ उनी थप्छन्, ‘रेड वाइनमा अरू रक्सीहरूमा भन्दा एन्टी अक्सिडेन्ट प्रवृत्ति बढी हुन्छ जसका कारण मुटुका रक्तनलीहरुमा कोलेस्ट्रोल जम्मा भई साँघुरिने गतिमा कमी आउन सक्छ ।’

तर ८० एमएल भन्दा बढी सेवन गर्दा भने स्वास्थ्यमा नराम्रो असर गर्न सक्ने उनको भनाइ छ । ‘नेपालीहरूले कुनै पनि मादक पदार्थ सेवन गर्दा मात्ने गरी नै सेवन गर्छन्,’ उनी भन्छन्, ‘नापेर सीमित मात्रामा मात्र सेवन गर्दैनन् ।’

उनका अनुसार वाइनमा राम्रो कोलेस्ट्रोल केही मात्रामा हुन्छ र राम्रो कोलेस्ट्रोल बढाउँछ पनि तर यसमा हुने अल्कोहलको मात्राले स्वास्थ्यमा नराम्रो असर पनि गर्छ । त्यसैले यसको फाइदा छ भन्ने बहाना बनाएर धेरै मात्रामा सेवन गर्न नहुने डा. शाह सुझाउँछन् ।

रक्सी वा वाइनको सेवनले मुटुलाई केही फाइदा गर्छ भन्ने निहुँ गरेर रक्सी तथा वाइन पिउने बानीको विकास गर्नु  भने गलत भएको डा. शाही बताउँछन् ।

वाइन पिउनु स्वास्थ्यको लागि लाभदायक छ भनेर वाइन पिइरहेका व्यक्तिहरूलाई यसमा के त्यस्तो तत्व हुन्छ जसले हाम्रो स्वास्थ्यमा राम्रो असर गर्छ भन्ने कुरा भने थाहा हुँदैन ।  किनभने कोही साथीको लहैलहैमा लागेर त कोही  गुगलमा भेटिएको वाइन खानुको फाइदा पढेर वाइन पिइरहेका हुन्छन् । धेरै हेल्थ जर्नलहरूमा एक ग्लास वाइन खाँदा स्वास्थ्यमा फाइदा गर्छ  भन्ने कुरा उल्लेख भएको हुन्छ  । तर आधिकारिक रूपमा  यसको पुष्टि भएको छैन  । त्यसैले  अधिकांश जानकार भने वाइनसँग दूरी बनाउनु नै सबैभन्दा उचित हुने बताउँछन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ : अध्यक्ष केपी ओली

Next Post

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d