भिडियो
Friday, May 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’


‘युरिक एसिड हुनुको मुख्य कारण अव्यवस्थित खानपिन नै हो’

काठमाडौं । शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्ने युरिक एसिड हुन्छ । यो शरीरका लागि अत्यावश्यक हुन्छ, तर मात्रा बढी हुँदा भने समस्या पनि निम्त्याउन सक्छ ।

शरीरलाई चाहिने भन्दा बढी युरिक एसिड भएमा यसले जोर्नीमा समसया ल्याउन चिकित्सक बताउँछन् ।

युरिक एसिडका लक्षण के के हुन्छन् ? युरिक एसिड बढी भएमा के गर्ने ? लगायतका विषयमा बाथरोग विशेषज्ञ डा. प्रयुष शर्मासँग गरिएको कुराकानी :

खासमा बाथरोग वा युरिक एसिड के कारणले हुन्छ ? 

बाथभित्रका विभिन्न समस्यामध्ये युरिक एसिड पनि एक हो । यो हुनुको मुख्य कारण खानपान हो । खानामा प्रोटिनको मात्रा बढी भएमा यो समस्या देखा पर्छ ।

प्रोटिनमध्ये विशेषगरी प्युरिनबाट एसिड बन्ने गर्दछ । त्यसैले प्युरिन बढी भएको खानाको प्रयोग गरेमा शरीरमा युरिक एसिडको मात्रा पनि बढ्ने सम्भावना हुन्छ । साथै, वंशाणुगत कारणले पनि युरिक एसिडको समस्या हुन्छ । मिर्गौलामा समस्या, मोटापन, मद्यपान गर्ने, धेरै रातो मासु र बाहिरको प्याकेट खाना खाने व्यक्तिमा यो समस्या देखा पर्छ । महिलामा भन्दा पुरुषमा युरिक एसिडको समस्या बढी देखिन्छ ।

युरिक एसिड हुनु भनेको के हो ?

युरिक एसिड हुनु भनेको रगतमा युरिक एसिडको मात्रा बढी हुनु हो । हाम्रो शरीरमा युरिक एसिडको केही मात्रा त हुन्छ, तर यसको मात्रा बढेर शरीरको विभिन्न अंगमा जम्मा हँुदा समस्या आउने हो । यसका कारण जोर्नीमा समस्या देखा पर्छ र अत्यधिक दुखाइ हुन्छ ।

युरिक एसिडमा कस्ता कस्ता लक्षण देखिन्छन् ?

जोर्नी दुख्ने, जोर्नी सुनिने, रातो हुने, जोर्नी चलाउन नसकिने, मिर्गौलामा पत्थरी र बिहान उठ्ने बेलामा दुखाइ धेरै हुने आदि युरिक एसिडकका लक्षणहरू हुन् ।

उपचार के कस्तो जरुरी हुन्छ ?

युरिक एसिडको उपचार दुई प्रकारले गर्न सकिन्छ । यसलाई कम गर्ने र दुखाइ कम गर्ने औषधिको सेवन पनि गर्नुपर्ने हुन्छ । औषधिसँगै खानपानमा ध्यान दिने, शारीरिक व्यायाम, योग आदिले पनि युरिक एसिड कम हुन्छ । साथै, समय–समयमा युरिक एसिडको जाँच पनि गरिरहनुपर्छ । यसो गर्दा युरिक एसिड घटेको बढेको थाहा हुन्छ ।

युरिक एसिडबाट पीडितले गेडागुडी, खसीको मासु जस्ता खानेकुरा खान हुँदैन भनिन्छ नि ?

युरिक एसिड भएको व्यक्तिले खसी, राँगा, सुँगुर आदिको रातो मासु र प्रोटिन धेरै भएको अन्य खानेकुरा खानु हुँदैन । अमिलोजन्य खानेकुरा, जंकफुड, प्याकेट फुड, मदिरा पनि बार्नुपर्छ ।

दुखाइ एकदमै बढी छ भने गेडागुडी, कुखुराको मासु, माछा आदि पनि खानु हुँदैन । तर यदि दुखाइ कम छ भने चाहिं गेडागुडी, कुखुराको मासु र अण्डा खान मिल्छ । यस्ता खानेकुरामा प्रोटिन भए पनि प्युरिनको मात्रा कम हुन्छ ।

तामा वा अमिलोजन्य खानेकुरा पनि खान नहुने हो ?

तामा, अमिलोजन्य खानेकुरा, लामो समय सीसीमा खाँदेर राखिएको खानेकुरा पनि युरिक एसिड भएको व्यक्तिले खानु हुँदैन । यसबारे कुनै अध्ययन त भएको छैन, तर बिरामीको अनुभव अनुसार यस्ता खानेकुराले पनि दुखाइ बढाउँछ ।

तेलमा तारेको, भुटेको, मसालेदार खानेकुरा साथै जंकफुड र फास्टफुड हामी धेरै खाने गर्छौं । युरिक एसिड बढ्नुमा यो कत्ति जिम्मेवार छ ?

तेलमा तारेको, भुटेको, मसालेदार खानेकुरा, जंकफुड र फास्टफुडले मोटोपन बढाउँछ र त्यसकै कारण युरिक एसिड पनि हुन सक्छ ।

खानपान नियन्ज्त्रण गरेमा युरिक एसिड निको हुन्छ ?

खानपान बारेर युरिक एसिड निको भएको पनि केही उदाहरण छन् । युरिक एसिडको औषधि सेवनसँगै खानेकुरामा नियन्त्रण गर्न सकियो भने यो रोग बल्झिने सम्भावना एकदमै न्यून हुन्छ ।

युरिक एसिड भएमा के खाने, के नखाने ?

युरिक एसिड भएको व्यक्तिले रातो मासु, आन्द्राभुँडी, मुटु-कलेजो जस्ता युरिक एसिड अत्यधिक हुने खानेकुरा खानु हुँदैन । यस्तै च्याउ, सफ्ट ड्रिंक्स र मदिरा पनि खानु हुँदैन ।

दूध, फलफूल, हरियो तरकारी, दही, कफी, ग्रिन टी, सलाद खान हुन्छ । प्रशस्त पानी पनि पिउनुपर्छ ।

शारीरिक व्यायाम र योगले युरिक एसिड नियन्त्रण गर्न सकिन्छ ?

नियमित व्यायाम र योगले मोटोपन घटाउन सहयोग गर्छ । मोटोपन घटाउनु भनेको युरिक एसिडको जोखिम घटाउनु हो ।

दैनिक रूपमा शारीरिक व्यायाम र योग गरियो भने युरिक एसिडको समस्या नै हुन दिंदैन । युरिक एसिड भएको खण्डमा पनि छिटो निको हुन सहयोग पुग्छ ।

युरिक एसिड हुनै नदिन के गर्ने ?

युरिक एसिड हुनै नदिन नियमित व्यायाम गर्ने, पर्याप्त मात्रामा पानी पिउने, धुम्रपान र मद्यपानबाट टाढै रहने, प्युरिन तत्व बढी हुने रातो मासु, गालेको अचार, च्याउ, पालुङ्गोको सेवन कम गर्ने, गुलियो पेय पदार्थको प्रयोग कम गर्ने, शरीरको वजन घटाउने र समय–समयमा चिकित्सकको परामर्श लिने गर्नुपर्छ ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

वाइनले वास्तवमै मुटुलाई फाइदा गर्छ ?

Next Post

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

स्पेशल खबर

स्पेशल खबर

Next Post
‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

‘यौनको विधि र आसनबारे छलफल नै गर्दैनन् नेपाली दम्पती’

चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

चीनले बन्द गर्‍यो एप्पल आपूर्तिकर्ताको कारखाना, आइफोन १४ मा ढिलाई हुन सक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

अमेरिकी आक्रमणपछि इरानले दियो ‘सिंह’को चेतावनी

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

स्ट्रेट अफ होर्मुज बन्दपछि विश्व आपूर्ति शृङ्खलामा संकट

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

सरकारी सुविधा त्याग्दै मेयर हमालको परोपकारी अभियान चर्चामा

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

वैशाख २८ मा संसद् बैठक आह्वान, नयाँ भवन निर्माण अझै अपूर्ण

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

विस्थापित सुकुम्बासीको मानवअधिकारबारे सर्वोच्चको चासो

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

कर्णाली १० उत्कृष्ट युवालाई ‘यूथ आइकन अवार्ड’

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d