भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’


‘त्रिविमा विभाग हटाएर स्कुल बनाउने तयारी छ’

अहिले त्रिविमा ४० वटा केन्द्रीय विभाग छन् । कुनै विभागमा विद्यार्थीको चाप अत्यधिक छ, कुनैमा ज्यादै न्यून । त्यसैले यी विभाग आपसमा गाभेर १७ वटा स्कुल बनाउने तयारी भइरहेको छ ।

त्रिविका विभिन्न विभागमा विद्यार्थी संख्या कम हुनु सामान्य हो । कुनै विभागमा कुनै साल कम र कुनै साल बढी विद्यार्थी हुनु स्वाभाविक नै मानिन्छ । तुलनात्मक रूपमा केही विभागमा अघिल्लो वर्षहरूमा भन्दा विद्यार्थी घटेका छन् । तर शिक्षक भने उही संख्यामा छन् ।

त्योसँगै विभागमा नयाँ कार्यक्रमहरू एमफिल, पीएचडी थप भइरहेका छन् । शिक्षा संकायले सामाजिक अध्ययन शिक्षा शैक्षिक कार्यक्रम पनि सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम सुरु गरेपछि त्यता भने विद्यार्थी संख्या एकदम धेरै बढेको छ । अरू विभागमा विद्यार्थी कम भए पनि सामाजिक अध्ययन शिक्षाका विद्यार्थीले समग्र त्रिविको विद्यार्थी संख्या सन्तुलन राख्छ ।

स्नातकोत्तर तहमा विद्यार्थी कम भए पनि तिनै शिक्षकले एमफिल तथा पीएचडी पढाउनुपर्ने र शिक्षकको काम रिसर्च गर्ने भएकोले शिक्षकहरू पूर्ण रूपमै व्यस्त छन् । कतिपयमा त शिक्षक कमी भइरहेको छ । शिक्षा संकायमा सुरु भएको नयाँ शैक्षिक कार्यक्रममा पनि यता विभागमा भएका शिक्षकहरूबाटै अध्यापन भइरहेको छ । त्यसैले अहिले आंशिक शिक्षक राख्नुपर्ने अवस्था आएको छैन ।

कतिपय विभागमा भने विद्यार्थी ज्यादै कम छन् । त्यसैले विद्यार्थी संख्या कम भएका विभाग एकाएक आपसमा मिलाएर लैजाने अथवा त्यता सार्ने गरी ‘वर्क आउट’ भइरहेको छ । विद्यार्थी संख्या कम र शिक्षकहरू बढी भएकोले भन्दा पनि विश्वविद्यालयको संरचना परिवर्तन गर्नुपर्ने कुरा पहिलेदेखि नै उठिरहेको हो । विभागीय संरचना नै परिवर्तन गरेर नयाँ तरिकाले जानुपर्छ भन्ने हो । त्यसैले योजना निर्देशनालयले पनि त्यही आधारमा जाने भनेर गृहकार्य गर्दै आइरहेको छ । निर्देशनालयले अहिले विद्यार्थी संख्या कम भएका र मिल्दोजुल्दो सम्बन्धित विभागहरू गाभेर स्कुल बनाउने तयारी थालेको छ ।

समय अनुसार परिमार्जन हुँदै जानुपर्छ भन्ने मान्यता हो । शैक्षिक क्षेत्रको दायरा फराकिलो बनाउँदै लैजान नसके नागरिक मात्रै होइन राज्य नै पछि पर्छ । देश विकासको मुख्य मेरुदण्ड शिक्षा मानिन्छ । हरेक दृष्टिकोणबाट शैक्षिक गुणस्तर विश्वस्तरीय हुनुपर्छ । त्रिवि नेपालको पहिलो र ठूलो विश्वविद्यालय भनिरहेर मात्रै अब केही हुँदैन । त्रिविमा पढाइ हुने विषयको विश्वसनीयता, शैक्षिक गुणस्तर विश्वको प्रतिष्ठित विश्वविद्यालय सरह हुनुपर्छ । त्यसैको लागि त्रिभुवन विश्वविद्यालय पुनर्संरचित हुनुपर्छ भन्ने तर्कहरूको आधारमा काम सुरु भएको छ ।

अहिले हामीले ‘भिजन २०३०’ तयार गरेर त्यही अनुसार काम गरिरहेका छौं । निर्देशनालयले २०३० सम्ममा विभागहरूलाई मर्ज गरेर स्कुल बनाउने योजना अनुसार काम गरिरहेको छ । यस विषयमा हामीले पटक–पटक कुलपति समेत रहनुभएका प्रधानमन्त्रीसामु प्रस्तुति गरिसक्यौं । यस विषयमा भर्खरै पनि शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोगमा एक चरणमा काम गर्यौं । अहिले कानुनी व्यवस्थाहरू कसरी समेटेर अघि बढ्ने भन्ने तहबाट काम भइरहेको छ ।

विभागहरूलाई स्कुल बनाउने तयारी

अहिले त्रिविमा ४० वटा केन्द्रीय विभाग छन् । कुनै विभागमा विद्यार्थीको चाप अत्यधिक छ, कुनैमा ज्यादै न्यून । त्यसैले यी विभागहरू आपसमा गाभेर जाने तयारीमा छौं । ‘भिजन २०३०’ अन्तर्गत ४० केन्द्रीय विभागलाई मर्ज गरेर १७ वटा स्कुल बनाउने तयारी भइरहेको छ ।

त्यसो हुँदा विभिन्न ३/४ वटा विभाग मिलेर एउटा स्कुल बन्नेछ । फ्याकल्टी अफ म्यानेजमेन्ट भए जस्तै स्कुल अफ म्यानेजमेन्ट नभए पनि यस्तै केही हुनेछ । कानुनी समस्याले विश्वविद्यालय पुनर्संरचनाको काम हुनसकेको छैन । किनभने २०१६ सालदेखिको विश्वविद्यालय पुनर्संरचना गर्नका लागि कानुनमा नलेखी सम्भव छैन । त्यत्तिकै तयारी र अध्ययन हुनुपर्छ । जुन अहिले भइरहेको छ । त्रिविको पुनर्संरचना कसरी गर्ने भन्ने तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

(त्रिवि योजना निर्देशनालयका प्रमुख प्रा.डा.ध्रुवकुमार गौतमसँग अनलाइनखबरकर्मी नुनुता राईले गरेको कुराकानीमा आधारित ।)

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

अष्ट्रेलियाले बनायो नयाँ सुपर कम्प्युटर, मर्दै गरेको ताराको लियो अद्वितीय तस्वीर

Next Post

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

स्पेशल खबर

स्पेशल खबर

Next Post
दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

दक्षिण कोरियामा भीषण वर्षा, ८ जनाको मृत्यु, ६ बेपत्ता

यस्तो छ २०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?

यस्तो छ २०२४ को यू-१९ विश्वकपको बाटो, नेपालको सम्भावना कति ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d