भिडियो
Wednesday, July 16, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

एक ट्विटको मूल्य : चौंतीस वर्षको जेल सजाय


एक ट्विटको मूल्य : चौंतीस वर्षको जेल सजाय

ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले विद्यावारिधिकी एक विद्यार्थीलाई चौतीस वर्षको जेल सजाय सुनाएको छ।

बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधिको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाएको र असन्तुष्टका विचारलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो। साउदी अदालतको यो निर्णयबाट विश्व समुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ।

वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका वेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो।

एसोसिएटेड प्रेसले प्राप्त गरेका कानुनी कागजातले उनको मुद्दा अदालतमा पठाउनुअघि अल–शेहाबले न्यायाधीशहरूलाई २८५ दिनभन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन्।

फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसंख्यकको सदस्यको रूपमा वर्णन गरेको छ, जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ। मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र  सुनाइएको सजाय ‘क्रूर एवम् गैरकानुनी’ भएको भन्दै आलोचना गरेको छ।

न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जालमा पोष्ट गरिएका उनका विषयवस्तुले अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ।

उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ। दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावश आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोण नियाल्नु आतंकवाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन्।

विशेष फौजदारी अदालतले उनलाई प्रतिआतंकवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी ठगी

Next Post

जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी

जी २० समूहको शिखर सम्मेलनमा राष्ट्रपति सी र पुटिन सहभागी

अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अपाङ्ग पुनस्थापना तथा असहाय सेवा केन्द्र नेपालद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d