भारतले पेट्रोलिय पदार्थको मूल्य बढाएर पठाएको छ । यसभन्दा अघि ३ पटक मूल्य घटेर आएकोमा यो पटक भने मूल्य बढेर आएको हो । यद्यपि मूल्य घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।
भारतीय आयल कर्पोरेसनले आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आज पठाएको हो । भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर १ अर्थात आजबाट लागू हुने गरेर नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ मूल्य सूचीअनुसार डिजल प्रतिलिटर ६.१२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १.३९ मूल्य वृद्धि भएर आएको हो । एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ । मूल्य वृद्धि भएर आएपछि निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँको घाटा रहेको छ भने पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा रहेको छ । यसभन्दा पहिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफा रहेको छ ।
यस्तै…राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कले बेलुकासम्म काठमाडौं महानगरपालिकालाई कर बुझाउने भएको छ ।
फनपार्कको व्यवस्थापन पक्ष आज बिहान ११ बजे महानगरको पत्र बुझ्न आएको र बेलुकासम्म तिर्ने प्रतिबद्धता जनाएको महानगरको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।
‘बल्ल उनीहरूको सम्झौता हेर्यौं । सम्झौताअनुसार बहाल कर समाज कल्याण परिषदले बुझाउनुपर्ने रहेछ । समाज कल्याणलाई पत्र पठाउँदै छौँ,’ उनले भने, ‘फनपार्कले ४ वर्षको मनोरञ्जन कर र ७ वर्षको व्यापार कर गरी १८/१९ लाखको हाराहारीमा पुगेको रहेछ,’ उनले भने ।
पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङसमेत सञ्चालक रहेको फनपार्कले ६० रोपनी जग्गा समाज कल्याण परिसद्सँग २०६९ सालमा १५ वर्षका लागि भाडामा लिएको थियो ।
जग्गा भोग चलन गरेबापत पार्कले मासिक ५ लाख रुपैयाँ बुझाउने र वार्षिक ५५ प्रतिशत रकम वृद्धि हुने सम्झौता भएको परिषद्का सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।
त्यस्तै, परिषद्ले बुझाउनुपर्ने बहाल करको प्रक्रिया चलिरहेको भट्टराईले जानकारी दिए । ‘बहाल करको प्रक्रिया अलि पहिल्यैदेखि सुरु गरेका छौँ । यो विषयमा काम अघि बढाउँदैछौँ,’ उनले भने ।
बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर र मनोरञ्जन कर बुझाउन पत्र काटेको थियो ।
महानगरले पार्कलाई सम्पूर्ण कर र जरिवानापत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र नबुुझाए फनपार्क सिलबन्दी गर्ने चेतावनी दिएको थियो ।