पुष्कर खड्का
रामेछाप । रामेछापमा आफ्नै भतिजी बुहारीलाई जबरजस्ती करणीको अारोपमा पक्राउ परेका रामेछाप उद्योग बाणिज्य महासंघका कोषाध्यक्ष पवन कठायत जेल चलान भएका छन् ।
रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई सदरमुकाम मन्थलीमा ब्यावसाय संचालन गर्दै आएका पवन कठायतले आफ्नै भतिजी बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडी नजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
कठायत विरुद्ध बुहारीले प्रहरीमा जबरजस्ती करणीमा जाहेरी दर्ता गराएको सुनेपछि पवन फरार भएका थिए । फरार भएको कठेतलाई सुराकीको आधारमा गत भदौ २ गते सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका कठेतलाई १९ दिन सम्मकाे अनुसन्धान तथा साेध्पुच्छपछि आज मंगलबार जिल्ला अदालत रामेछापकाे न्यायाधीश ईन्दिरा शर्माको इजलासले आरोपित कठायतलाई पुर्पक्षको लागी जेल चलान गरेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार पिडित बिनु यादवको तर्फबाट सरकारी वकिल बिना खड्का र योगेन्द्र प्रसाद ढुङगेलले बहस गरेका थिए भने कठायतका तर्फबाट अधिवक्ता झंक कडेल, सौजन्य सत्याल र यादव दाहालले बहस गरेका थिए ।