सिरहा ।मंगसिर ४ गते हुनगइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सिरहा क्षेत्र न-३ मा नेकपा एमाले,जसपाको गठबन्धन र सतागठबंधन बीच कडा प्रतिसपर्धा हुने भएको छ। सिराहा क्षेत्र न- ३ ‘क’ प्रदेश सभा सदस्यका लागि नेकपा एमाले पार्टीको तर्फ़बाट मनोज कुमार सिंहले उम्मेदवारी दिएका छन भने, नेपाली काँग्रेसको तर्फबाट रामसगुन यादवले उम्मेदवारी दिएका छन्। उनि दुवै उम्मेदवार गोलबजार नगरपालिकाकै रहेको हुनाले , यस क्षेत्रमा पनि सिंह र यादब विच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
सिंह गोलबजार नगरपालिका वडा न-८ का बासिन्दा छन भने यादब गोलबजार वडा न-४को रहेको छ। सिंह धेरै पहिला देखिनै राजनीतिमा सक्रिय छन भने यादब पनि राजनीतिमा पहिला देखिनै सक्रिय देखिएको छ।सिंह र यादब दुवै आफैमा बल्यो देखिन्छ ,सिरहा क्षेत्र न-३ मा यसपालिको प्रदेश सभाको चुनाबमा सिंह र यादब बीच ठुलै प्रतिसपर्धा हुने स्थानियहरुको बुझाइछ।
प्रदेशसभका लागि ३ को ‘क’ बाट नेपाली काँग्रेस, नेकपा एमाले, जनमत सहित ५ पार्टीका र ११ स्वतन्त्रगरी १६ जनाले उम्मेदवारी दिएका छन्।