भिडियो
Wednesday, March 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सरकार गठनमा प्रचण्डकाे रणनीति : गठबन्धनमा प्रधानमन्त्रीको दावी, नभए एमालेसँग सहकार्य गर्ने


सरकार गठनमा प्रचण्डकाे रणनीति : गठबन्धनमा प्रधानमन्त्रीको दावी, नभए एमालेसँग सहकार्य गर्ने

काठमाडौ  | मंसिर १८, २०७९
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दिए सत्तारूढ गठबन्धनमा रहने नभए नेकपा एमालेसँग संवाद अघि बढाउने बारे छलफल गरेको छ ।
शनिबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनको विकल्पमा माओवादी केन्द्रले प्रारम्भिक छलफल गरेको हो । सत्तारूढ गठबन्धनभित्र प्रधानमन्त्रीका लागि दबाब बढाउन पनि सरकार गठनका सबै विकल्पमा छलफल गर्नुपर्ने मत नेताहरूले राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
‘पहिलो प्राथमिकता सत्तारूढ गठबन्धन नै हो । त्यहाँ हामीले प्रधानमन्त्रीको दावी गर्नुपर्छ भन्ने मत रह्यो । नभए एमालेसँग मिलेर पनि सरकार बनाउने बारेमा प्रारम्भिक छलफल भएको छ’, ती नेताले भने ।
निर्वाचन लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेर आगामी रणनीतिका बारेमा छलफल गर्न प्रस्ताव गरेका थिए ।
दुई अध्यक्षबीचको टेलिफोन कुराकानी प्रचण्डको सचिवालयबाट मिडियामा लगेर सत्ता गठबन्धनमा बार्गेनिङको माध्यम बनाएको भन्दै प्रचण्डसँग एमालेका नेताहरू रूष्ट छन् ।
त्यसयता माओवादी र एमालेका नेताहरूबीच शीर्ष तहमा संवाद भएको छैन् । माओवादी केन्द्रले शनिबारको बैठकबाट भने एमालेसँग संवादको ढोका खोलेको छ ।
बैठकले सरकार गठनको सबै विकल्प खुल्ला गरेको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् ।
माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउनका लागि एमालेसँग पनि छलफल गर्न सकिने उनको भनाई छ ।‘गठबन्धन छोडने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोडने, तोडने निर्णय पनि गरिएको छैन’, महराले भने ।
संघमा अपेक्षकृत सीट आएन
नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ मा भएको चुनावबाट संघमा अपेक्षाकृत सीट प्राप्त नभएको प्रारम्भिक समीक्षा गरेको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अपेक्षा गरेअनुसार सीट हासिल नभएको निश्कर्ष माओवादी केन्द्रले निकालेको हो ।
बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘निर्वाचनको प्रारम्भिक समिक्षा गरियो । अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समिक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने पूर्ण समीक्षा गर्ने कुरा गरियो ।’
माओवादी केन्द्रले सोमबार अपरान्ह २ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएको छ । उक्त बैठकमा आगामी रणनीतिका बारेमा विस्तृतमा छलफल गर्नेकुरा महासचिव देवप्रसाद गुरुङले बताएको छ । सभार लाेकतन्त्र खबर

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते।

Next Post

पत्रकार सिंह माथि भएका घटनाकोकारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

स्पेशल खबर

स्पेशल खबर

Next Post
पत्रकार सिंह माथि भएका घटनाकोकारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

पत्रकार सिंह माथि भएका घटनाकोकारवाहीकाे माग गर्दै पत्रकार महासंघ सिराहा शाखा

पत्रकारहरु धर्नामा बसेपछि लामाे छलफलपछि मिलापत्र

पत्रकारहरु धर्नामा बसेपछि लामाे छलफलपछि मिलापत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d