नवलपरासी / फाल्गुन १०।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ।
सरावल गाउँपालिकाको अगुवा कृषक अवलोकन भ्रमणको नाममा कृषि बिकास शाखा प्रमुख कुलदिप मिश्रको अगुवाइमा पालिकाकी उपाध्यक्ष बासमतति हरिजन, वडा नम्बर ५ वडा अध्यक्ष लक्ष्मण चाैधरी , वडा नम्बर ३ वडा सदस्य केशव चाैधरी , उपाध्यक्षकाे स्वकीय सचिव गाेपिचन्द्र हरिजन राजनीतिक दलका नेता कार्यकर्ताहरुमा सन्तराम केवट, रामराज चाैधरी , चन्द्रभान चाैधरी सँगै कृषि शाखाका अर्जुन पाैडेल सहित करिब ३० जनाकाे टोलीले कृषकको भ्रमणका नाममा रजाइँ गरेको पाइएको हो।
उत्कृष्ट काम गरेका कृषि अनुसन्धान तथा उत्कृट काम गरेका व्यावसायिक फर्महरुको अवलोकनका लागि पर्सा लगायतका ठाउँहरुका लागि गएको भ्रमणटाेलि गढिमाई लगाएत धार्मिक स्थल घुमेका थिए।
कृषकको नाममा जनप्रतिनिधि तथा राजनीतिक दलका सर्मथकहरुले भ्रमणमा रजाइँ गरेको र वास्तविक किसानहरु अवलोकन भ्रमणको अवसरबाट वञ्चित गरी गाउँपालिकाबाट विनियोजित रकमको दुरुपयोग गरेको पालिकाका मुख्य कृषहरुकाे आरोप छ।
अगुवा कृषकहरु आफूहरु वास्तविक किसान भएको र यस अवलोकन भ्रमणबारे कुनै थाहा नभएकाले अवलोकनको नाममा कृषकको नाम मात्रै रहेको गुनासो ब्यक्त गरेका छन।
सरावल गाउँपालिकाको अगुवा कृषक अवलोकन भ्रमणको नाममा गाउँपालिकाले ३ लाख रकम विनियोजन गरेको स्रोतको दाबी छ।
सरावलमा अनुदान , तालिम लगाएतकाे कार्यमा पशु विकास शाखा र कृषि बिकास शाखाबाट उहीँ उहीँ ब्यक्तिहरुलाई प्राथमिकता मात्र दिने गरेको स्थानीय गुनासो समेत ब्यक्त गरेका छन ।
फागुन ७ गते प्रस्थान गरेका अगुवा कृषक अवलोकन भ्रमण बुधबार घर फर्केका हुन ।