भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

अन्तरजातीय विवाह गरेका दम्पती सम्मानित

अन्तरजातीय विवाह गरेका दम्पती सम्मानित

धनगढी/ अन्तरजातीय विवाह गरेका नमुना दम्पती सम्मानित भएकाछन् । नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश समितिद्धारा अन्तरजातीय विवाह गरेका पत्रकार धनराज विक (अविरल) र जनकलाकार एवम् नेतृ विष्ना विसी (सपना) नमुना दम्पतीको रुपमा आइ्तबार धनगढीमा सम्मानित भएका हुन् ।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका प्रमुख अतिथि एवम् नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज परशुराम रम्तेल र मोर्चाका केन्द्रीय संयोजक एवम् विशिष्ट अतिथि दलजीत श्रीपालीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

नेपाल दलित मुक्तिमोर्चा सुदूरपश्चिम प्रदेश संयोजक विनिता ओडले अन्तरजातीय विवाह गरेर सामाजिक विद्रोह गरेका जोडीको सामाजिक योगदानको मूल्यांकन र कदर गर्दै सम्मानन गरिएको बताइन् । परिवर्तनको सुरुवात आफैबाट गरेर सामाजिक विभेद र उत्पीडनका विरुद्ध आवाज उठाउँदै निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएका विक र बिसीको जोडी सहित छ जोडीलाई सम्मान गरिएको उनले बताइन् ।

सशस्त्र द्धन्दको समयदेखि विद्यार्थी जीवनबाटै कला साहित्य,पत्रकारिता र मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका विक रुकुम, रोल्पा, प्यूठान, दाङ, सुर्खेत र कैलाली जिल्लाबाट सम्मानित भई सकेका छन् । यस्तै २०५८ सालदेखि जनयुद्धमा भूमिगत भएर अहिलेसम्म जनताको पक्षमा जनवादी गीत गाउँदै अधिकारको पक्षमा सशक्त आवाज उठाउँदै आएकी बिसीले जातीय विभेदका विरुद्ध अन्तरजातीय विवाह गरेर उदाहरणीय काम गरेकोले सम्मान गरिएको वड बताउछिन् ।

परिवर्तनका पक्षमा सामाजिक योगदान गरेवापत पत्रकार विक र जनकलाकार बिसीको जोडी समाजबाट सम्मानित हुँदै आएका छन् । असल जोडीको रुपमा स्थापित अन्तरजातीय विवाह गरेका जोडीको सही मूल्यांकन गरेर मोर्चाले सम्मान गरेकोले यसको समाजमा सकारात्मक प्रभाव पर्ने लेखक विकले बताए ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

भौतिकमन्त्री देउवा र अमेरिकी राजदुतबीच भेटवार्ता

Next Post

लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

स्पेशल खबर

स्पेशल खबर

Next Post
लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने रास्वपाको निर्णय

प्रचण्ड नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने रास्वपाको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d