भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

दलित जोडी विवाह गर्न जाँदा पुजारी ढोका बन्द गरेर भागे, संसद्‌मा उठ्यो प्रश्न


दलित जोडी विवाह गर्न जाँदा पुजारी ढोका बन्द गरेर भागे, संसद्‌मा उठ्यो प्रश्न

काठमाडौँ । बाजुरामा दलित जोडी विवाह गर्न जाँदा पुजारी मन्दिरको ढोका बन्द गरेर फरार भएका छन् । बडिमालिका नगरपालिका-८ स्थित बडिमालिका मन्दिरमा दलितले बिहे गर्ने थाहा पाएपछि मन्दिरका मुख्य पुजारी देवराज पाध्याय फरार भएका हुन् ।

आइतबार नै पुजारीलाई सोमबार बिहे गर्ने भन्दै खबर गरेका थिए । तर सोमबार दलित जोडी मन्दिर पुग्दा पुजारी मन्दिर बन्द गरेर फरार भएको दलित पत्रकार महासंघ बाजुराका अध्यक्ष मदन विकले जानकारी दिए । पुजारी आउलान् भनेर बिहान देखि ३ घण्टासम्म मन्दिर बाहिर कुरेर बसेका थियो । फोन गर्दा फोन सम्पर्क हुन सकेन भन्न थाल्यो । तीन घण्टापछि मन्दिर बाहिर नै टिका लगाएर सामान्य हिसाबले बिहे गरेर घर फर्केको विकको भनाई छ ।

बडिमालिका नगरपालिका-९ का प्रकाश विकले कञ्चनपुर जिल्लाबाट पार्वती सुनारलाई भगाएर ल्याएपछि बडिमालिका मन्दिरमा बिहे गने लागेका थिए । कञ्चनपुरबाट भगाएर ल्याएको त दुई महिना बढी भयो तर बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरी पुजारीलाई जानकारी गराएको दुलहा प्रकाश विकले बताए । ‘हामीलाई मन्दिरभित्रै पस्नु थिएन पुजारीले बडिमालिका देवीलाई चढाउने पूजाको सामान राखिदिए भइहाल्थ्यो,’ उनले भने ।

पुजारी पाध्यायका छिमेकीहरूका अनुसार उनी बिहानै मन्दिरमा आराधना सकेर सदरमुकामबाहिर काम छ भन्दै निस्केका थिए । उनी अझै सम्पर्कविहीन छन् ।

प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बडिमालिका-९ का वडाध्यक्ष सूर्यकिरण विकले फोन गरेर घटनाबारे सामान्य जानकारी गराए पनि आधिकारिक रूपमा कुनै सूचना नआएको बताउँछन् । ‘दलित मन्दिरमा विवाह गर्न गएकै कारण सार्वजनिक मन्दिरको ढोका बन्द गरी भागेकै हुन् भने कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।

यो विषयले संसद्मा पनि प्रवेश पाएको छ । सांसद सिता मिजारले विवाह गर्न मन्दिर पुगेको दलित समुदायको एक जोडीलाई विवाह नगराई भाग्ने पण्डितलाई कारबाही गर्नुपर्ने माग गरिन् । मंगलबार संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मिजारले बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालीका मन्दिरमा विवाहका लागि पुगेका एक दलित समुदायको जोडीको विवाह नगराई पण्डित भागेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै कारबाहीको माग गरेकी हुन् ।

‘बाजुरा जिल्लाको प्रकाश विक र कञ्चनपुरकी पार्वती सुनुवारको भेट सामाजिक सञ्जालबाट हुन्छ । त्यसपछि उनीहरू विवाह गर्ने निर्णयमा पुग्छन् । उनीहरू बाजुराको मार्तडीमा रहेको मालिका मन्दिरमा बिहान गर्नका लागि पुग्छन् । उहाँहरूले त्यहाँको पण्डितलाई पहिले नै विवाहका बारेमा जानकारी गराइसक्नुभएको थियो’, उनले भनिन्, ‘जब दुलहा र दुलही विवाह गर्नका लागि पोसाकमा सजिएर जाँदा मन्दिर भित्र बत्ती बालेको देखिए पनि पुजारी मन्दिरमा ताला लगाएर भागेका छन् । २१ औ शताब्दीमा पनि हिन्दु धर्म वा जुनसुकै धर्मका नाममा दलित समुदायप्रतिको अन्याय अत्याचार किन भइरहेको छ ? के हामीले २१ औ शताब्दीमा पनि यस्तै परिकल्पना गरेको हो र ? संविधान र कानूनले यस्तै गर भनेको छ र ? त्यो भएको कारणले म यस्तो कार्यमा संलग्न पुजारीलाई कारबाहीको लागि सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

कञ्चनपुरमा हुरी : घर-स्कुलका छाना उडे, विद्युत् अवरुद्ध

Next Post

अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

स्पेशल खबर

स्पेशल खबर

Next Post
अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

आजदेखि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन सुरु

आजदेखि कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d