भिडियो
Wednesday, April 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

सीमावर्ती कञ्चनपुर जिल्लामा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान


सीमावर्ती कञ्चनपुर जिल्लामा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान

धनसिह धामी/कञ्चनपुर, १८ साउन : सीमावर्ती कञ्चनपुरमा उत्कृष्ठ काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३५ गण हेक्वा शैलेश्वरीले उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरेको हो । बिहीबार शैलेश्वरी गणको २० औँ स्थापना दिवसको अवसमा आयोजित कार्यक्तममा सशस्त्र प्रहरीले गण सहित विभिन्न यूनियनमा रहेर काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सशस्त्र प्रहरी परिचर, जवानदेखि सशस्त्र प्रहरी नायब उपरीक्षक(डिएसपी)सम्मका कर्मचारी रहेका छन । सशस्त्र प्रहरी बल, नेपाल ३५ गण हेक्वा शैलेश्वरीका अनुसार २ सशस्त्र प्रहरी नायब निरीक्षक(डिएसपी), ४ सशस्त्र प्रहरी निरीक्षक(ईन्सपेक्टर) सहित दर्जनौँ सशस्त्र प्रहरी सिनियर,जुनियर अधिकृत सहित जवानलाई कदरपत्र प्रदान गरेर सम्मान गरेको छ ।

सीमा सुरक्षा गुल्म देविस्थान दोधाराचाँदनीका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक भीम बहादुर चन्द र शैलेश्वरी गणमा कार्यरत अर्का सशस्त्र प्रहरी नायब उपरीक्षक राम बहादुर पाली(बोगटी)लाई सम्मान गरिएको छ । चन्दलाई सीमा क्षेत्रको सुरक्षा मानव बेचबिखन नियन्त्रण, तस्करी नियन्त्रण, विपद्मा भूमिका निर्वाह गरेको र बोगटीलाई आन्तरिक कर्मचारी खटनपटन जनसम्पर्क विस्तारमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

शैलेश्वरी गणमै कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक चन्द्रसिह महरा, बिओपी सुन्दरनगरका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र बम, बिओपी भुडाका इन्चार्ज रमेश प्रशाद अवस्थी र बिओपी पचुईका इन्चार्ज खगेन्द्र ओझालाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक महरा शैलेश्वरी गण मातहत रहेको बिओपी भूमिराजटोल चाँदनीका इन्चार्ज हुँदा सीमा सुरक्षा, पक्की पेश निर्माण, दिएको जिम्मेबारी त्रृटी रहित रुपमा कार्य सम्मान गरे, विपद् व्यवस्थापन, मातहतका कर्मचारीलाई उच्च मनोबलका साथ काम गरेको भन्दै सम्मान गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक बमलाई विपद् कार्यमा उद्दार तथा सीमा सुरक्षामा अब्बल काम गरेको भन्दै सम्मान गरिएको छ । बम लामो समयदेखि विपद् क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका सशस्त्र प्रहरी अधिकृत हुन । उनले विगत १३ बर्षदेखि भुकम्प सहितका ठुलठुला विपद्मा परेका नागरिकको उद्धारदेखि साहसिक काम गरेका छन । विभिन्न जिल्लामा विप्द क्षेत्रमा काम गर्दै आएका सशस्त्र प्रहरी निरीक्षक बम अहिले उनी हाल विपद् उच्च जोखिम क्षेत्र दोधाराचाँदनी नगरको सुन्दरनगर बिओपी इन्चार्जको जिम्म्मेबारीमा कार्यरत छन ।

सीमा क्षेत्र भुडा र पचुईका इन्चार्जद्वय अवस्थी र ओझाले सीमा क्षेत्रका सुरक्षा एव चोरी तस्करी नियन्त्रणमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । यस्तै सशस्त्र प्रहरी नायब निरीक्षकहरु कमल प्रशाद जोशी, तेजसिह भण्डारी, सशस्त्र प्रहरी सहायक निरीक्षक धनमती ठगुन्नालाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बरिष्ठ हवल्दार विसन सिह धामी, देवसिह धानुक, रामसिह महरा, सशस्त्र प्रहरी हवल्दार राम बहादुर पाल, दिपक विष्ट, सजय थापा, भानसिह भाट, राजेन्द्र कुँवर, गणेश सिह कठायत, सशस्त्र प्रहरी सहायक हवल्दार भक्त ब. भुल, दिपक बहादुर विष्ट, तेज प्रकास दयाल, सशस्त्र प्रहरी जवान सुरेश बहादुर बोहरा , सागर भण्डारी, नीता कुँवर, भागरती सार्की, भागरथ राना, गगन सिह साउद र सशस्त्र प्रहरी परिचर राम ब. ऐरलाई सम्मान गरिएको हो । सम्मानित भएका सशस्त्र प्रहरी जवानदेखि डिएसपीसम्मका कर्मचारीले कामको सम्मानबाट थप दैनिक कार्यमा उत्प्रेरणा जगाएको धारणा राखेका छन ।

बार्षिकोत्सवमा आयोजित कार्यक्रममा शैलेश्वरी गणमा भएका विभिन्न आन्तरिक प्रतियोगिताका उत्कृष्ट सशस्त्र प्रहरीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपाल ३५ गण हेक्वा शैलेश्वरीका गणपति उत्कृष्ठ काम गर्ने कर्मचारीको मनोबल बृद्धि विकासका लागि कदरपत्रका साथ सम्मान गरिएको बताए ।

 शैलेश्वरी गणका गणपति प्रेम बहादुर रावल र प्रहरी निरीक्षक रमेश प्रशाद पाण्डेयको टिम डबल्स ब्याटमिन्टन प्रतियोगितामा प्रथम भएका थिए । गणपति रावललाई सशस्त्र प्रहरी बल सुप प्रदेश बैद्यनाथ बाहनीका बाहनीपति कुमार न्यौपानेले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) कुमार न्यौपानेले मुलुकको विशिष्ठ जटिल परिस्थितिमा सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । सशस्त्र प्रहरी सुप प्रदेशका प्रमुख डिआईजी न्यौपानेले कञ्चनपुर सीमावर्ती जिल्ला भएकाले उच्च सर्तकताका साथ राज्यले दिएको जिम्मेबारी पुरा गर्न समेत निर्देशन दिएका छन । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेरका सशस्त्र प्रहरी बल, नेपाल ३५ गण हेक्वा शैलेश्वरीका गणपति प्रेम बहादुर रावलले उपलब्ध स्रोत साधन परिचालन गरेर जिल्लामा शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीले प्रभावकारी कार्य सम्मान गर्दै आएको बताए । कार्यक्र्ममा सेवानिवृत सशस्त्र कर्मचारीलाई सम्मान, सुप प्रदेशको लोक संस्कृति झल्किने नृत्य, राष्ट्रभावका नृत्य सहितका कलात्मक प्रस्तुत गरिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षक चन्द्रसिह महराले संचालन गरेको कार्यक्तममा सशस्त्र प्रहरीका विभिन्न यूनिट निकायका इन्चार्ज, कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एव प्रतिनिधी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाली सेनाका नम्बर २५का बाहनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरीका पुर्व कर्मचारी, जिल्ला स्थित स्थानीय तहका जनप्रतिनिधी, समाजिक व्यक्तित्व, उद्योगी व्यवसायी, संचारकर्मी अमर सहिद परिवारको सहभागिता रहेको थियो ।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

धनुषामा सडेको अवस्थामा एक महिलाको शव फेला

Next Post

मर्निङ ग्लोरीको विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

स्पेशल खबर

स्पेशल खबर

Next Post
मर्निङ ग्लोरीको विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

मर्निङ ग्लोरीको विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न

पछिल्लो समयमा सुदूरपश्चिममा घट्दै शिक्षामा सरकारी बजेट, बढ्दै शैक्षिक संस्था, घट्दै विद्यार्थी

पछिल्लो समयमा सुदूरपश्चिममा घट्दै शिक्षामा सरकारी बजेट, बढ्दै शैक्षिक संस्था, घट्दै विद्यार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d