भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

काननु मन्त्री भट्टलाई बैतडी समाज कैलालीद्धारा सम्मान

बैतडी प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित भट्ट मन्त्री बनेपछि शनिबार समाजले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।


काननु मन्त्री भट्टलाई बैतडी समाज कैलालीद्धारा सम्मान

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टलाई बैतडी समाज कैलालीले सम्मान गरेको छ ।

बैतडी प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित भट्ट मन्त्री बनेपछि शनिबार समाजले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

सो कार्यक्रममा बोल्दै मन्त्री भट्टले प्रदेश संरचनाका बारेमा प्रश्न उठाए संघीयता नै खतरा पर्ने दाबी गरे । उनले भने ‘अहिले प्रदेश संरचनाका बिषयमा प्रश्न उठाउन थालिएको छ । यसले संघीयतालाई नै खतरा हुन्छ ।’

मन्त्री भट्टले प्रदेश सरकारले जनमुखी कामहरु गरेर जनताको मन जित्नुपर्ने बताए । जनभावना अनुसार प्रदेश सरकारले काम गर्नुपर्ने र आफूपनि जिम्मेवार भएर काम गर्ने उनले बताए ।

मन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कानुन बनाएर विधिको शासन स्थापनाका लागि पहल गर्ने बताए ।
बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजका सदस्य केशव दत्त पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । मन्त्री भट्टलाई बाजागाजा सहित समाजको सचिवालयमा स्वागत गरिएको थियो ।

सुदूरपश्चिम सरकार विस्तारको क्रममा बिहीबारमात्रै भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । यसअघि कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको गएको असार ५ गते सडक दुर्घटनामा परेर निधन भएको थियो ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

कालंगा नदी बेसिनका ३ वटै आयोजनाबाट ६४ मेगावाट विद्युत प्रणालीमा जोडियो

Next Post

कैलाली अदालतमा मुद्दाको चाङ, फैसला कार्यान्वयन गर्न ४५७ पीडितको निवेदन

स्पेशल खबर

स्पेशल खबर

Next Post
कैलाली अदालतमा मुद्दाको चाङ, फैसला कार्यान्वयन गर्न ४५७ पीडितको निवेदन

कैलाली अदालतमा मुद्दाको चाङ, फैसला कार्यान्वयन गर्न ४५७ पीडितको निवेदन

महोत्तरीमा सशस्त्र प्रहरीद्वारा तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरीमा सशस्त्र प्रहरीद्वारा तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d