भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश


रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश

महोत्तरी स्थित रातु नदीमा भइरहेको उत्खनन तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । स्थानीय समेत रहेका नेकपा एमालेका नेता शंकर महतोसमेतले दायर गरेको रिट उपर सुनुवाई गर्दै सर्वोच्चले तत्कालै रातु खोलाका उत्खनन रोक्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशमा भनिएको छ ‘…स्वस्थ र स्वच्छ वातावरण स्वच्छ जीवन र मानव अधिकारको आधार रहेको सन्दर्भमा नदीजन्य पदार्थको अनियन्त्रित दोहन हुँदा वातावरणीय हानी हुन जाने र त्यसले मानव अधिकारको उपभोगमा पार्ने प्रतिकुल असर र हालको दोहनवाट उक्त नदीमा निर्माण गरिएका तटवन्धहरुमा समेत क्षति पुग्न गएको अवस्थालाई दृष्टिगत गर्दा यस्तो कार्य तत्काल रोक्न आवश्यक देखिएकोले अन्तरिम आदेशको विषयमा टुङ्गो नलागे सम्मको लागि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम उत्खननको कार्य तत्काल रोक्नु भनी विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।’ सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।

रातु नदीमा भइरहेको ढुङ्गा, गिट्टी, बालुवाको उत्खननको तस्वीर र प्रतिवेदन हेर्दा सरकार (संघीय, प्रदेश र स्थानीय) द्वारा निर्मित कुनै मापदण्ड वा प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको अनुशरण नगरिएको सर्वोच्चको ठहर छ ।

अन्तरिम आदेश माग भएको सन्दर्भमा दुवै पक्ष राखी छलफल गर्न चैत १८ गतेको लागि पेसी तोकिएको छ ।

पर्यावरणलाई नै असर पार्ने गरी मापदण्ड विपरित बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्त्खनन भएको भन्दै नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, राष्ट्रिय स्वतन्त्र पाटी, जनमत पाटी सहितका प्रतिनिधिहरुले १२ वटा कार्यालयहरुलाई विपक्षी बनाएर उत्प्रेषणयुक्त परमादेशको आदेश माग गर्दै रिट दिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सिंहदरबार, काठमाण्डौ, वन तथा वातावरण मन्त्रालय, सिंहदरबार, काठमाण्डौ,उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, सिंहदरबार, काठमाण्डौ, सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाण्डौ, महोतरी जिल्ला समन्वय समिति, महोतरी, बर्दिबास नगरपालीकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयको कार्यालय, महोतरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मधेश प्रदेश, जनकपुर, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश, जनकपुर, देव विष्णु कन्टक्सन एण्ड सप्लायर्स प्रा.लि.,राजेश एण्ड ब्रदर्श निर्माण तथा सप्लायर्स प्रा.लि.दोलखा जिल्ला भिमेश्वर नगरपालीका र राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति सातादोवाटो ललितपुरलाई विपक्षी बनाइएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

मधेश आर्मीद्वारा वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै वन विनाश तथा अवैध उत्खननलाई तत्काल रोक्न माग

Next Post

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

स्पेशल खबर

स्पेशल खबर

Next Post
लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

कहिले खुल्छ एमाले नेता भानुभक्त ढकाल संलग्‍न ओम्‍नीको भ्रष्टाचारको फाइल?

कहिले खुल्छ एमाले नेता भानुभक्त ढकाल संलग्‍न ओम्‍नीको भ्रष्टाचारको फाइल?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d