भिडियो
Saturday, October 18, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

कहिले खुल्छ एमाले नेता भानुभक्त ढकाल संलग्‍न ओम्‍नीको भ्रष्टाचारको फाइल?


कहिले खुल्छ एमाले नेता भानुभक्त ढकाल संलग्‍न ओम्‍नीको भ्रष्टाचारको फाइल?

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकाल स्वास्थ्यमन्त्री हुँदा कोरोना महामारीको सामग्री खरिदमा ठूलो भ्रष्टाचार भए पनि हालसम्म कुनै कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिनमा चासो दिएको छैन।

संसदको सार्वजनिक लेखा समितिले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संलग्‍नतामा ओम्‍नी समूहमार्फत स्वास्थ्य सामग्री आपूर्ति गर्दा अनियमितता भएकाले छानबिन अघि बढाउन अख्तियारलाई ताकेता गर्दासमेत अनुसन्धान अघि बढाइएको छैन।

संसदको लेखा समितिले अख्तियारलाई अनुसन्धान अघि बढाउन ५ पुस २०७७ मा भनेको थियो भने २०७७ चैत दोस्रो साता अनुसन्धान अघि बढाउन औपचारिक रूपमा पत्र पठाएको थियो। अख्तियारले अनुसन्धान भइरहेको भन्दै टार्ने गरेको भए पनि एमाले निकट प्रेम राई प्रमुख आयुक्त रहँदासम्म एमालेका नेताहरुको फाइल गुपचुप नै रहने अवस्था देखिएको छ।

लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियमसंगत नभएको भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको तीन वर्ष बितिसक्दा समेत कसैलाई कारबाही हुन सकेको छैन।

नेकपा एमालेले शक्तिको आडमा भ्रष्टाचारको सञ्‍जाल विस्तार गर्दै नेताहरु मोटाउने काममा लागेको भए पनि हालका गृहमन्त्री रवि लामिछानेलेसमेत एमाले नेताहरु मुछिने कुनै पनि फाइल खोल्‍ने आँट गरेका छैनन्। उनले पनि एमाले नेताहरुको फाइल नदेखेजस्तै गर्ने र आफ्नो सहकारी ठगीको मु्द्दालाई राफसाफ पार्ने योजनामा देखिन्छन्।

२०७६ चैतमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकार र ओम्नी समूहबीच १ अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो। ओम्नीले ठेक्का अनुसार सामग्री समेत ल्याएको थिएन भने आयात गरेका सामग्रीसमेत गुणस्तरहीन थियो। ओम्नीका सामग्री गुणस्तरहीन प्रमाणित भएको थियो भने मन्त्रालयको दरभाउभन्दा २० प्रतिशत महँगो पाइएको थियो।

यो प्रकरणमा कारबाहीको माग गर्दै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए। ओम्नी प्रकरण सार्वजनिक भएको तीन वर्ष बितिसक्दा पनि अख्तियारले अनुसन्धानको कुनै पनि प्रक्रिया अघि बढाएको छैन।

संसदको सार्वजनिक लेखा समितिले ओम्नी काण्डमा मुछिएका पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको थियो। अब गृहमन्त्री लामिछानेले उनीहरुलाई पक्राउ गरी सुशासनको पक्षमा काम भइरहेको आभाष दिलाउनसक्ने हिम्मत गर्नुपर्ने चर्को आवाज उठे पनि यस्ता आवाजहरु उठाउने सञ्‍चारमाध्यमहरुलाई नै कारबाही गर्ने ध्याउन्‍नमा अघि बढेका देखिन्छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

लोकतान्त्रिक समाजवादी गठबन्धन बनाउन जुटे नेताहरु

Next Post

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

स्पेशल खबर

स्पेशल खबर

Next Post
७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d