भिडियो
Sunday, December 7, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा यतिलाई सुम्पिने ईश्वरलाई होला त कारबाही ?

काठमाडौं( नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग अहिले करोडौंको सम्पत्ति छ। ०४४ सालताका भूमिगत राजनीति सुरु गरेका पोखरेल २०४८ मा बहुदलपछि पार्टीको शीर्ष तहमा बसेर काम गरिरहेका छन्। उनले यो करोडौंको सम्पत्ति आर्जन गर्ने माध्यम भने सत्ता र शक्ति नै हो।

यसअघि उपप्रधान तथा रक्षामन्त्री रहेको समयमा नेपाल ट्रस्टको जग्गा कौडीको भाउमा ठूलो लेनदेनसहित यति समूहलाई सुम्पिने निर्णय गरे। नेपाल ट्रस्टले भाडामा लगाएको सम्पत्तिमध्ये झन्डै ९० प्रतिशत यति होल्डिङ्सले नै लिएको पाइएको छ।ट्रस्टले २०६४ देखि हालसम्म ३ हजार रोपनी जग्गा भाडामा लगाएको छ।यसमध्ये २ हजार ७ सय ९९ रोपनी जग्गा यति होल्डिङ्स र यतिकै सञ्चालकले सञ्चालन गरेको थामसेर्कु ट्रेकिङ प्रालिले पाएको छ।

यति समूहले गोकर्ण फरेस्ट रिसोर्टका लागि २ हजार ७ सय ९२, ताहाचलको ५ र दरबारमार्गको झन्डै २ रोपनी जग्गा वार्षिक ३६ करोड ८० लाख रुपैयाँ भाडा बुझाउने गरी ट्रस्टबाट लिएको हो।

जग्गा र भवन गरी सरकारले देशभर १२ जिल्लामा रहेको ट्रस्टको सम्पत्तिमध्ये काठमाडौं र धनकुटाको मात्रै सम्पत्ति भाडामा दिएको छ, जसमा अधिक लाभ यति समूहले लिएको हो। यति समूहलाई गोकर्ण फरेस्ट रिसोर्टको म्याद थपको विषयमा सत्तारूढ दल तथा अन्य क्षेत्रबाट विरोध भए पनि तत्कालीन उपप्रधानमन्त्री पोखरेलले सम्झौता गराएका थिए।

यति समूहसँगको निकटताका आधारमा समय अवधि नसकिँदै गोकर्ण रिसोर्टको लिज अवधि बढाउन सरकारले निर्णय गरेको भनी सर्वत्र विरोध भइरहेका बेला अर्को सम्झौता भएको थियो।

ट्रस्टको अध्यक्षसमेत रहँदा तत्कालीन रक्षामन्त्री पोखरेल नेपाल ट्रस्टको जग्गा भाडामा दिने अघिल्ला सरकार र यो सरकारको निर्णय कानुनसम्मत भएको दाबी गरेका थिए। तर, पछि लेखा समितिले यसमा अनियमितता भएको ठहर गरेको भए पनि कुनै कारबाहीको प्रक्रिया अघि बढ्न सकेको छैन। निकटता र अवैध बाटोबाट पैसाको प्रभावमा परी राज्यलाई वार्षिक अर्बौंको नोक्सान हुने गरी सम्झौता गराउने तत्कालीन रक्षामन्त्री पोखरेलमाथिको कारबाही प्रक्रिया सरकारले कहिलेदेखि सुरु गर्छ भन्‍ने प्रश्‍न उब्जिएको छ।

सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चलाएको दाबी गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलमाथिको अनुसन्धान सुरु गर्न मुहुर्त कुरिरहेका हुन्रु कि आफ्नो फाइल लुकाउन बार्गेनिङ गरिरहेका हुन् भन्‍ने आम प्रश्‍न उठेको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरण स् केपी ओलीका पीए राजेश र पूर्व गृहमन्त्री बादलमाथि किन भएन अनुसन्धान ?

स्पेशल खबर

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

‘कुकुल्यान्ड’ पुस्तकको विश्लेषण: नेपालको दूरसञ्चार प्रधानमन्त्री प्रचण्डमाथी भ्रष्टाचारको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d