राजविराज । आज साउन महिनाको दोस्रो सोमबार । सप्तरी लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ ।
यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् ।