भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

भ्रष्टाचारीहरुलाई तह लगाउन जनस्तरबाटै प्रतिवाद जरूरी छ: अध्यक्ष प्रभु साह


भ्रष्टाचारीहरुलाई तह लगाउन जनस्तरबाटै प्रतिवाद जरूरी छ: अध्यक्ष प्रभु साह

विरगंज, पर्सा । आम जनता पार्टीको आयोजनामा आज पर्साको प्रमुख शहर विरगंजमा भ्रष्टाचार विरुद्धको खबरदारी सभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष प्रभु साहले भने, भ्रष्टाचारीहरुलाई तह लगाउन अब जनस्तरबाटै प्रतिवाद जरूरी छ । अहिले नेपालमा भ्रष्टाचार एउटा प्रमुख समस्या बनेको छ । जसले सुशासन, विकास र जनताको विश्वासलाई समेत कमजोर बनाउँदै आएको छ । देशको चोर र भ्रष्ट नेताहरुलाई तह लगाउन आम जनता अगाडि आउनैपर्ने बेला भएको छ । ईतिहास साक्षी छ, जनताको शक्ति न विगतमा कमजोर थियो, न वर्तमानमा कमजोर छ, न भविष्यमा कमजोर हुनेछ । यसका लागि हामी सबै ईमान्दार, प्रगतिशिल र देशभक्त शक्तिहरु एकजुट हुनपर्ने बताएका छन् । “

उनले भने, सरकारको नेतृत्व गर्नेदेखि लिएर शासन प्रशासनको प्रमुख पद एवं जिम्मेवारीमा रहेकाहरू नै आज भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । भ्रष्टाचार नियन्त्रणका जिम्मेवारी पाएकाहरूकै मिलेमतोमा पनि खुलमखुला भ्रष्टाचार भइरहेको छ । यसलाई समयमै रोक्न जरूरी छ ।

अध्यक्ष साहले, देशमा बढदो भ्रष्टाचार, अस्थिरता र कुशासनको मुल जड वर्तमान राजनीतिक प्रणाली र व्यवस्थ नै रहेकोले यसमा टालटुल गर्नुभन्दा पनि यसलाई बदल्न नै जरूरी रहेको जिकिर गर्दै, भ्रष्टाचारविरुद्धको लडाईमा सबैलाई एकजुट हुन आह्वान समेत गरे ।

उनले, विरगंजलाई देशको आर्थिक राजधानीका रूपमा विकास गर्नुपर्ने माग गर्दै विरगंजलगायत तराई मधेशको अन्य भूभागसँग ओली सरकारले सौताको व्यवहार गरिरहेको आरोप समेत लगाएका छन् । काठमाडौँ प्रशासनिक राजधानी हुने, पोखरा पर्यटकीय राजधानी हुने तर वीरगञ्ज आर्थिक राजधानी किन नहुने? हामीले वीरगञ्जलाई जसरी पनि आर्थिक राजधानी घोषणा गराएरै छाड्ने छौँ,’ ‘यदि वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गरिएन र सरकारको लुटकारी एवं विभेदकारी व्यवहारमा सुधार नआएँ प्रभु साह र आम जनता अब चुप लागेर नबस्ने चेताबनी साहले दिएका छन् ।

आजपाले भ्रष्टाचार, सरकारको मनोमानी कर आतंक, वैदेशिक रोजगारमा भइरहेको ठगी, भन्सार कानुनमा रहेको लुटकारी व्यवस्था एवं दलाल दलतन्त्रविरुद्ध आवाज उठाउँदै आएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

कवाड व्यवसायीका अगुवा नेता साहलाई आर्थिक सहयोग

Next Post

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

स्पेशल खबर

स्पेशल खबर

Next Post
नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d