भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी


मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

फुलगेन मगही-
ढल्केवर, बैशाख ३१ गते ।

धनुषाको मिथिला नगरपालिकामा मेयर महेन्द्र महतो र उपमेयर सुनिता सिंह बुढाथोकीबीच फेरि विवाद विवाद भएको छ । उपमेयर बुढाथोकीको योजना मेयर महतोले संचालनमा रोक लगाएपछि विवाद सुरु भएको हो ।

मेयर महतोको कार्यप्रति असन्तुष्टि जनाउँदै उपमेयर बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र योजना शाखमा तालाबन्दी गरेकी छन् । आफ्नो योजना चलाउन रोक लगाएकोले मंगलबार प्रशासकीय अधिकृत र योजना शाखामा तलाबन्दी गरेको उपमेयर बुढाथोकीले बताइन् ।

‘मेरो भागको योजनाहरु संचालनमा रोक लगाइएको छ । मैले पटक पटक प्रशासकीय अधिकृत र मेयर महतोलाई मौखिक रुपमा गुनासो र तकेता गरे । किन मेरो शीर्षकको काममा रोक लगाउनु भएको छ ? तर उहाँहरुले जवाफ दिनबाट पन्छिनु भयो’ उपमेयर बुढाथोकीले भनिन् ‘त्यसपछि बाध्य भएर तालाबन्दी गरेकी हुँ’

मेयर महतो विधि प्रकृयालाई मिचेर मनोमानी गर्न खोजेको उनको आरोप छ । उनले लामोसमयदेखि कार्यपालिका बैठक समेत बस्न नसकेको बताइन् ।

यता मेयर महतोले नगरसभाविरुद्ध उपमेयर फेरि अदालतमा मुद्दा गरेको कारण बजेट संचालनमा रोक लगाएको प्रतिक्रिया दिए । उनका अनुसार दुईवर्षअघि उपमेयर बुढाथोकीले नगरसभाविरुद्ध जिल्ला अदालतमा गरेको मुद्दामा पालिकाको पक्षमा आदेश आएको थियो । तर फेरि सोही मुद्दा उच्च अदालतमा उपमेयरले पुनरावेदन गरेको कारण बजेट संचालन गर्नबाट रोक लगाएको मेयर महतोको भनाइ छ ।

‘मुद्दा फिर्ता लिने बिषयमा उपमेयरसँग मौखिक सहमति भएको छ । तर उहाँ मुद्दा फिर्ता लिन आलटाल गरेपछि बजेट संचालनमा रोक लगाउन बाध्य भएको हुँ’ मेयर महतोले भने ।
मिथिला नगरपालिकामा मेयर काँग्रेस र उपमेयर एमालेबाट जितेका छन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

Next Post

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

स्पेशल खबर

स्पेशल खबर

Next Post
आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको – IDF

इजरायलले फोर्दो आणविक केन्द्रमाथि आक्रमणको योजना तयार, आदेश पर्खिरहेको - IDF

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d