भिडियो
Tuesday, March 17, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा


पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

लेखनाथ । बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन्। पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन्।

सार्वजनिक बिदाका दिन बेगनास तालमा घुम्न आउने आन्तरिक पर्यटक केही मात्रामा देखिए पनि विदेशी पर्यटक दुई–चार जना मात्र देखिने गरेका बेगनास तालमा ३७ वर्षदेखि डुङ्गा व्यवसाय गर्दै आएका मेघनाथ तिवारीले बताए। विसं २०७२ को भूकम्पसँगै बेगनास तालमा आउने पर्यटकको सङ्ख्या घट्दै गएको जनाउँदै उनले कोरोनाका साथै विभिन्न घटनाक्रम र सडकका कारण त्यो सङ्ख्या बढ्न नसकेको धारणा राखे।

वर्षौँदेखि थला परेको डुङ्गा व्यवसायमा पछिल्ला केही वर्षयता सुधार हुने आशा गरिए पनि मुग्लिङ–पोखरा, तालचोक–बेगनास सडक पुनर्निर्माणका कारण यहाँ पुग्ने पर्यटकको सङ्ख्या घटेको बेगनास तालका डुङ्गा व्यवसायी सोमराज कँडेलले गुनासो गरे।

बेगनास ताल डुङ्गा व्यवसायी समितिका पूर्वअध्यक्ष ढकनाथ कँडेलले डुङ्गा व्यवसायबाट दैनिकी नचलेपछि तीस प्रतिशत व्यवसायीले विकल्पका रूपमा अन्य पेसा रोजेका बताए। ‘बाँकी रहेका व्यवसायी पनि व्यवसायसँगै अन्य काममा समेत संलग्न हुने गरेका छन्’, उनले भने।

पोखरा महानगरपालिका–३१ मा रहेको बेगनास तालमा आन्तरिक पर्यटक नौका विहार र माछाका परिकार खान पुग्ने गर्छन्। माछाका परिकारका लागि बेगनास ताल वर्षौँदेखि प्रसिद्ध मानिँदै आएको छ। ‘यतिबेला सबै डुङ्गा सञ्चालनमा छैनन्, आलोपालो गरी चलाउने गरिएको छ’, डुङ्गा व्यवसायी कँडेलले भने।

पोखराको दोस्रो ठूलो बेगनास ३७३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ २८० वटा डुङ्गा सञ्चालनमा छन् भने करिब २०० जना डुङ्गा व्यवसायी छन्। ‘व्यवासयीले डुङ्गाको पालो कुर्न एक साता पर्खनुपर्छ। महिनाको रु तीन हजारले परिवार कसरी चल्न सक्छ’, पूर्वअध्यक्ष कँडेलले प्रश्न गरे।

बेगनास तालमा एक घण्टा नौका विहार गरेबापत व्यवसायीले रु ७०० र पाइडलबोटको रु एक हजार ५०० लिने गरेका बेगसान डुङ्गा व्यवसाय समतिका अध्यक्ष रविराज कँडेलले जानकारी दिए। ‘तालमा तीनवटा मोटरबोट भए पनि ती मोटरबोट बराह मन्दिरमा जानआउनका लागि मात्र प्रयोग हुन्छन्’, उनले भने।

डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमशृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरीडाँडाको मनोहर दृश्यावलोकन गर्न सकिन्छ। बेगनास तालमा विसं २०३७ देखि व्यावसायिक रूपमा डुङ्गा सञ्चालन हुँदै आइएको हो।

वि.सं. २०५३ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँका डुङ्गा व्यवसायका साथै सवारीसाधनका रूपमा प्रयोग हुन्थ्यो। कास्कीको बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरे र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोका रूपमा यो ताल प्रयोग गर्दै आएका अध्यक्ष कँडेल जानकारी दिए।

बेगनास तालका होटल व्यवसायी सोमबहादुर लालचनका अनुसार पर्यटकको सङ्ख्या दश वर्षदेखि घट्दै भएको छ। ‘सोही कारणले यहाँको पर्यटन व्यवसाय स्वदेशी पर्यटकले धानिएको छ। एक–दुई जना इजरायली पर्यटक मात्र आउँछन्, उनीहरूले पनि धेरै पैसा खर्च गर्दैनन्’, उनले भने।

पोखराको फेवातालमा आउने २५ प्रतिशत पर्यटक मात्र बेगनास तालमा पुग्ने गरेमा यहाँको पर्यटन व्यवसाय चलायमान हुने उनले विश्वास व्यक्त गरे। ‘पर्यटकको पर्खाइमा कतिञ्जेल बस्ने हो’, लालचनले भने, ‘होटलका लागि पर्यटक खोज्दै बेगनास ताल आसपास आएर बस्नुपर्ने अवस्था छ।’ रासस

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

Next Post

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

स्पेशल खबर

स्पेशल खबर

Next Post
‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d