भिडियो
Sunday, June 21, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

नेपाल, बंगलादेश, पाकिस्तानलगायत देश सूचीमा समावेश


नेपाल, बंगलादेश, पाकिस्तानलगायत देश सूचीमा समावेश

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार घोषणा गरेअनुसार ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको छ । विदेश मन्त्रालयले दाबी गरेको छ ‘सूचीमा रहेका देशका आप्रवासीहरू अमेरिकी जनताबाट अस्वीकार्य दरमा सामाजिक सुविधा लिन्छन्।’

यो कदम ट्रम्प प्रशासनको आप्रवासनमाथि भएको कडाइको अर्को चरण हो जसमा निर्वासन र भिसा आवेदन रोक्ने कार्यहरू पनि समावेश छन्।

विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता टोमी पिगटले विज्ञप्तिमा भने, ‘जबसम्म विदेश मन्त्रालयले आप्रवासन प्रक्रिया पुनः मूल्याङ्कन गरेर सार्वजनिक सुविधा लिने विदेशी नागरिकहरूको प्रवेश रोक्ने सुनिश्चितता गर्दैन तबसम।मयी देशका लागि भिसा प्रक्रिया रोकिँदैछ ।

पिगटले थपे, “ट्रम्प प्रशासनले अमेरिकी जनताबाट सम्पत्ति असुल्नेहरूद्वारा भइरहेको आप्रवासन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ। विदेश मन्त्रालयले लामो समयदेखि रहेको अधिकार प्रयोग गरेर सार्वजनिक बोझ बन्न सक्ने सम्भावित आप्रवासीलाई अयोग्य ठहर गर्नेछ।”

अधिकांश भिसा धारकहरूले सार्वजनिक सुविधामा सीमित पहुँच पाउँछन्। उदाहरणका लागि अधिकांश ‘ग्रीन कार्ड’ धारकहरूले खाद्यान्न कुपन, आपतकालीन बाहेकको मेडिकल सुविधा र बाल स्वास्थ्य बीमा कार्यक्रम पाउन पाँच वर्षको प्रतीक्षा अवधि पूरा गर्नुपर्छ।

यो स्थगन विशेष रूपमा अमेरिकामा बस्न चाहने आप्रवासी भिसामा लागू हुनेछ तर अस्थायी कामदार, विद्यार्थी वा पर्यटकका लागि जारी हुने छोटो अवधिका भिसामा लागू हुने छैन। विश्वकपसँग सम्बन्धित भिसा पनि यसबाट प्रभावित हुने छैन।

विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मा बताएअनुसार यो स्थगन जनवरी २१ देखि लागू हुनेछ र “नयाँ आप्रवासीहरूले अमेरिकी जनताबाट सम्पत्ति असुल्ने छैनन् भन्ने सुनिश्चित नभएसम्म सक्रिय रहनेछ।”

यो योजना पहिलोपटक ‘फक्स न्युज’ले विदेश मन्त्रालयको आन्तरिक मेमो उद्धृत गर्दै सार्वजनिक गरेको हो।
एक अमेरिकी अधिकारीले पुष्टि गरेअनुसार सूचीमा अफगानिस्तान, अल्बानिया, अल्जेरिया, आर्मेनिया, अजरबैजान, बंगलादेश, भुटान, ब्राजिल, बर्मा, क्याम्बोडिया, क्यामरून, कोलम्बिया, क्युबा, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, इजिप्ट, इरान, इराक, जमैका, जोर्डन, काजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लेबनान, लिबिया, मंगोलिया, मोरक्को, नेपाल, नाइजेरिया, पाकिस्तान, रसिया, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, थाइल्यान्ड, ट्युनिसिया, युगान्डा, उजबेकिस्तान, यमन लगायतका देशहरू समावेश छन्।

यसअघि पनि ट्रम्प प्रशासनले यीमध्ये धेरै देशका नागरिकहरूको आप्रवासन सीमित गर्ने कदम चालेको थियो। डिसेम्बरमा प्रशासनले १९ देशका नागरिकहरूको आप्रवासन आवेदन रोकिएको घोषणा गरेको थियो। मंगलबार प्रशासनले अमेरिकामा रहेका सोमाली नागरिकहरूको अस्थायी संरक्षित दर्जा (टीपीएस) पनि खारेज गर्ने घोषणा गरेको थियो।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

विषालु इन्जेक्सन प्रयोग गरी योजनाबद्ध हत्या भएको पुष्टि

Next Post

कांग्रेस विवाद टुंगियो, आयोगले गगन थापा समूहलाई मान्यता

स्पेशल खबर

स्पेशल खबर

Next Post
कांग्रेस विवाद टुंगियो, आयोगले गगन थापा समूहलाई मान्यता

कांग्रेस विवाद टुंगियो, आयोगले गगन थापा समूहलाई मान्यता

नक्कली पेस्तोल र खुकुरी देखाएर एसबीआई बैंक लुटिएको खुल्यो

नक्कली पेस्तोल र खुकुरी देखाएर एसबीआई बैंक लुटिएको खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

ट्रम्पको कडा प्रतिक्रिया: ‘इरानलाई एक सेन्ट पनि दिँदैनौं’

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

दोषी पक्राउ नभए कडा संघर्षमा उत्रिने महासंघको चेतावनी

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

नक्खु जेलबाट छुटेका पुराना लागूऔषध कारोबारी पुनः पक्राउ

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d