भिडियो
Tuesday, August 25, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

गरिमा हत्या प्रकरणमा ९ जना पक्राउ, घटनाको अनुसन्धान तीव्र

गरिमा हत्या प्रकरणमा ९ जना पक्राउ, घटनाको अनुसन्धान तीव्र

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धानलाई थप फराकिलो बनाउँदै प्रहरीले घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुनसक्ने व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र एक १६ वर्षीय नाबालक पक्राउ परेका थिए। कानुनी प्रावधानका कारण प्रहरीले नाबालकको वास्तविक नाम सार्वजनिक गरेको छैन।

अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले इन्द्रजित चौधरी, पुष्पा चौधरी, ममता चौधरी, शेख हुस्मुदिन आलम, टेकबहादुर थापा मगर र नवीन वि.क.लाई समेत पक्राउ गरेको जनाएको छ। नाबालकको हकमा प्रहरीले परिवर्तित नाम प्रयोग गरेको छ।

पछिल्लो चरणमा जीतपुरसिमरा–२ का १४ वर्षीय प्रदीप खड्का पनि पक्राउ परेका छन्। उनी कक्षा ९ मा अध्ययनरत बालक रहेको प्रहरीले जनाएको छ। उनी पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेहरूको संख्या ९ पुगेको हो।

प्रहरीले पक्राउ परेकाहरूमाथि अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। बारा जिल्ला अदालत कलैयाबाट पहिलो चरणमा चार दिन र दोस्रो चरणमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेकाहरूको बयान लिनुका साथै घटनास्थलबाट प्राप्त प्रमाण, उनीहरूबीच भएको आपसी सम्पर्क तथा घटनासँग सम्बन्धित अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान गरिरहेको छ।

यसैबीच घटनाका मुख्य आरोपित भनिएका नाबालकसँग चिकित्सकले सोधपुछ गरिरहेको दृश्य समावेश भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियाको गोपनीयता र बाल न्यायसम्बन्धी संवेदनशील विषयमा समेत प्रश्न उठेको छ।

बयान तथा अनुसन्धानका क्रममा खिचिएको उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी मुख्यालयले समेत घटनाबारे छुट्टै अनुसन्धान थालेको जनाएको छ। भिडियो लिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

गरिमा चौधरी हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको दायरा विस्तार गर्दै पक्राउ परेकाहरूको संलग्नता, घटनाको वास्तविकता र घटनामा अन्य व्यक्तिको भूमिका भए–नभएको विषयमा थप प्रमाण संकलन गरिरहेको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेकाले पक्राउ परेका सबै व्यक्ति दोषी प्रमाणित भइसकेका भने होइनन्।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

देवानगञ्ज गोलीकाण्डमा उच्चस्तरीय न्यायिक आयोग गठनको माग तीव्र

Next Post

सरकारको प्रभाव खस्किँदा हत्या–हिंसादेखि आन्दोलनसम्म बढे : सिंह

स्पेशल खबर

स्पेशल खबर

Next Post
सरकारको प्रभाव खस्किँदा हत्या–हिंसादेखि आन्दोलनसम्म बढे : सिंह

सरकारको प्रभाव खस्किँदा हत्या–हिंसादेखि आन्दोलनसम्म बढे : सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सरकारको प्रभाव खस्किँदा हत्या–हिंसादेखि आन्दोलनसम्म बढे : सिंह

सरकारको प्रभाव खस्किँदा हत्या–हिंसादेखि आन्दोलनसम्म बढे : सिंह

गरिमा हत्या प्रकरणमा ९ जना पक्राउ, घटनाको अनुसन्धान तीव्र

गरिमा हत्या प्रकरणमा ९ जना पक्राउ, घटनाको अनुसन्धान तीव्र

देवानगञ्ज गोलीकाण्डमा उच्चस्तरीय न्यायिक आयोग गठनको माग तीव्र

देवानगञ्ज गोलीकाण्डमा उच्चस्तरीय न्यायिक आयोग गठनको माग तीव्र

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

व्यापार र प्रविधि सहकार्य विस्तारमा भारत–न्युजिल्यान्ड केन्द्रित

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

गणेश नेपाली घटनामाथि उठेका प्रश्नमा गृहमन्त्री गुरुङको प्रतिवाद

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

ह्वील लक विवादपछि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीको निधन

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकको नयाँ कदम, ३० अर्ब रुपैयाँ बजारबाट तान्दै

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

जापानमा अध्ययनरत राजु महतोले ल्याए ‘EduPath AI’ र ‘Thagi Satark’

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d