भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

फिफाले लगायो भारतमाथि प्रतिबन्ध


फिफाले लगायो भारतमाथि प्रतिबन्ध

काठमाडौं,। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो ।

प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

‘रोडम्याप अनुसार एआईएफएफले फिफा, एएफसी र भारतीय फुटबल समुदायसँग छलफल गरी बनाएको नयाँ विधानलाई अनुमोदन गर्न अगस्ट २०२२ को पहिलो साता विशेष साधारणसभा बोलाउने भन्ने थियो,’ फिफा र एएफसीले यसअघि नै पठाएको पत्रमा भनिएको थियो, ‘दुर्भाग्यवश्, सर्वोच्च अदालतको सुनुवाइले माथि उल्लिखित रोडम्यापमा विचलन हुने कुरा हामीलाई सूचित गरिएको छ । यदि, यो साँचो हो भने यसले अकाट्य रूपमा आपसी समझदारीलाई खतरामा पार्छ ।’

भारतको सर्वोच्च अदालतले गएको मेमा भारतीय फुटबल संघ (एआईएफएफ) लाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो । तर फिफाले भने पटक–पटक यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।

यस्तै एआईएफएफका अध्यक्ष पटेलले नयाँ निर्वाचन गराउँदै डिसेम्बर २०२० मै बिदा लिनुपर्ने थियो। भारतमा कुनै पनि खेलकुद संघमा तीन कार्यकालभन्दा बढी अध्यक्ष हुन पाइँदैन । यसकारण १२ वर्ष एआईएफएफको अध्यक्ष बनिसकेका पटेलले नयाँ निर्वाचन गराउनुपर्ने थियो । तर उनले अदालतमा मुद्दा विचाराधीन रहेको कारण बनाउँदै निर्वाचन गराउन आनाकानी गरिरहेका थिए ।

त्यसपछि एसियन फुटबल महासंघका महासचिव विन्डसर जोनको नेतृत्वमा फिफा तथा एएफसीका प्रतिनिधिले भारत भ्रमण गरी सरोकारवालासँग भेटवार्ता गरेका थिए । फुटबलका सबै सरोकारवालासँग छलफलपछि फिफाले जुलाईको अन्त्यसम्म विधान संशोधन गरी आउँदो सेप्टेम्बर १५ सम्म निर्वाचन गराउन भनेको थियो ।

तर, गएको बुधबार भारतीय अदालतले तुरुन्तै निर्वाचन गराउन आदेश दिएपछि विवाद थप चर्किएको हो । फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो । फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू-१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ । फिफाका अनुसार अब एआईएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरू गरेपछि मात्र प्रतिबन्ध फुकुवा हुनेछ । एजेन्सी

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

९० किलो गाँजासहित एम्बुलेन्स चालक प्रहरीकाे नियन्त्रणमा

Next Post

घुससहित सिनियर प्लम्वर पक्राउ

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
घुससहित सिनियर प्लम्वर पक्राउ

घुससहित सिनियर प्लम्वर पक्राउ

पश्चिम नवलपरासीमा अबैध मालसामान सहित ३ वटा टिप्पर र १५ क्विन्टल चिनि सहित एक पिकप पक्राउ

पश्चिम नवलपरासीमा अबैध मालसामान सहित ३ वटा टिप्पर र १५ क्विन्टल चिनि सहित एक पिकप पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d