भिडियो
Sunday, May 31, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस


महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

ललिता साह-

बोदेबसाईन (सप्तरी), साउन २५ गते । दुइटै मिर्गौला फेल भई दुई महिना अघि डाकनेश्वरी – १ का २४ वर्षिय अनवरको मृत्यु भयो । उहाँको मृत्युपछि २२ वर्षको कलिलो उमेरमै एकल हुन पुग्नुभएकी रुपनी –५ कि ऐसा खातुन अनवरको परिवारका सदस्यबाटै कुटपिटपछि घर निकालामा पर्नुभयो ।

दैव र परिवार दुबैतिरको अन्यायमा पर्नुभएकी ऐसाको न्यायका लागि डेढ महिनादेखि ऐसाकी आमा नाजो खातुन इलाका प्रहरी कार्यालय रुपनी गाउँपालिका अन्तर्गतको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय धाएर थाकिसक्नु भयो । तर उहाँको उजुरी दर्ता भएको छैन ।

साउन ११ मा औषधी पसलमा उपचार गराउन पुग्नुभएकी जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलका ३५ वर्षिया सियादेवी मण्डलको ज्यान गयो । औषधी पसलका सञ्चालक सुनिल यादव डाक्टरी पेशामा ज्ञान नभएका मानिस हुन् । उनी स्वास्थ्यबारे केही अध्ययन नगरी औषधि पसल सञ्चालन गर्दैआएको पीडितको आरोप छ । दर्ता नै नभएको सो फार्मेसीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारका सदस्यले उजुरी दिन जाँदा प्रहरीले तत्परता देखाएन ।

पीडित स्वयम् प्रहरीसमक्ष उजुरी लिएर जाँदा पनि प्रहरीले उजुरी दर्ता नगरेको स्थानीय धेरैको गुनासो छ । कतिपय घटनामा आर्थिक चलखेल हुने र जताबाट आर्थिक सहयोग हुन्छ, प्रहरी त्यतैतिर ढल्किने भएपछि पीडितलाई न्याय हुन नसकेको स्थानीयको गुनासो छ । त्यसले महिला हिंसाको घटना पनि बढाएको उहाँहरुको बुझाइ छ ।

प्रादेशिक कानूनी सहायता केन्द्रका प्रमुख अधिवक्ता किरणकुमारी साहका अनुसार स्थानीय तहमा स्थानीय पीडितहरु झन पीडित भइरहेका छन् । कतिपय घटनामा प्रहरीले आँखा चिम्लिने गरेको उहाँले बताउनुभयो ।

घटनाको अनुसन्धान अधिकार पाएका प्रहरी प्रशासनले अनुसन्धानको नतिजालाई दुरुपयोग गर्दैआएका कारण पीडितले प्रहरीमा सहजै उजुरी दर्ता गराउन नसकेको अधिकारकर्मी सविता कोइरालाको पनि भनाइ छ । सबै घटनालाई एकै नजरले हेर्न नहुने उहाँको सुझाव छ ।

तर सप्तरीमा अधिकांश आपराधिक घटनामध्ये ८० प्रतिशत घटना झूठा, बनावटी र अरूलाई फसाउने खालको आउनेगरेको प्रहरीको भनाइ छ । विना कारण बनाइएका घटना प्रहरीले दर्ता गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रमुख इन्सपेक्टर राजीव गिरीले बताउनुभयो । गोरखापत्र

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

चितवनमा कोरोना संक्रमण बढ्दो, सक्रिय संक्रमितको संख्या एक सय नाघ्यो

Next Post

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

स्पेशल खबर

स्पेशल खबर

Next Post
पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

मानवीय धरापमा मारिएको हात्ती मकुनाको उत्तराधिकारी मकुनागज

मानवीय धरापमा मारिएको हात्ती मकुनाको उत्तराधिकारी मकुनागज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न मिर्चैयामा योग प्रशिक्षण

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

स्वास्थ्य दरबन्दी विवादको जड : संघ, प्रदेश र स्थानीय तहको भूमिकामै अस्पष्टता

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d