भिडियो
Saturday, May 24, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी


पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबाट चरम अनियमितता भएको खुलासा भएको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी र जनप्रतिनिधिबाट नै विभिन्न शिर्षकमा चरम अनियमितता भएको खुलासा भएको हो ।

धेरैजसो दैनिक भ्रमण भत्ताका नाममा अनियमितता भएको पाइएको छ । पूर्वउपाध्यक्ष नुनुकुमारी दास आफैँले पिपराबाट बर्दिबास नगरपालिकामा आउन एक पटकमा १३ हजार २०० भत्ता बुझेको पाइएको छ । उनले बर्दिबासमा आउन मात्र २ पटक गरेर २६ हजार ४०० रुपैयाँ बुझेकी छन् ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ को दफा ९, उपदफा ४ मा भएको व्यवस्थाअनुसार पदाधिकारी तथा सदस्यले आफ्नो जिल्ला बाहिर भ्रमण गर्दा मात्र भ्रमण भत्ता पाउने व्यवस्था छ । तर, दासले नियमविपरीत जिल्लाभित्र नै आवतजावत गर्दा भत्ता बुझेकी हुन् ।

अनुगमन भत्तामा समेत तत्कालीन अध्यक्ष र उपाध्यक्षले चरम दुरुपयोग गरेको पाइएको छ । अनुगमनका क्रममा नै पूर्वअध्यक्ष विक्रम चौधरी, पूर्वउपाध्यक्ष दासले मापदण्डविपरित २ लाख १० हजार भत्ताबापत भुक्तानी लिएको देखिन्छ । चौधरीले २०७७ पुसदेखि असार २०७८ सम्म १७६ दिन अनुगमन गरेको फर्जी प्रतिवेदन पेस गरेको पाइएको छ भने दासले समेत १७६ दिन नै पेस गरेकी छन् ।

नियमविपरीत पूर्वअध्यक्ष चौधरीले प्रतिपटक ३ हजार बुझेका छन् भने उपाध्यक्षले २५ सय बुझेकी छन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन २०७७ को दफा ८, उपदफा १ र २ बमोेजिम आफ्नो क्षेत्रभित्र स्थानीय तहले संचालन गरेको आयोजना वा कार्यक्रमको अनुगमन गरेबापत प्रतिमहिना बढीमा ३ पटकको अनुगमन भत्ता पाउने व्यवस्था छ । जसअनुसार उनीहरूले मासिक ३ वटाका दरले ३६ वटाको मात्र अनुगमन भत्ता पाउन सक्छन् ।

अध्यक्ष, उपाध्यक्ष मात्र हैन वडा अध्यक्षहरूले समेत विभिन्न शिर्षकमा चरम अनियमितता गरेको माहालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ । बिल भर्पाइ नै नगरी गाउँपालिकामा ४४ लाखभन्दा बढी बेरुजु छ ।

बिलबेगर मिलोमतोमा नै वडा अध्यक्ष, वडा सदस्य र कर्मचारीहरूले विभिन्न शिर्षकमा गरि ४४ लाख बेरुजु देखिएको हो । तर, २०७७÷७८ को कुल बेरुजु भने ८२ करोड ३० लाख रहेको छ ।

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व निमावली २०७७ को नियम ३९ मा जिम्मेवार व्यक्तीले सरकारी रकमको भुक्तानी दिनुअघि रित पुगे वा नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । तर, मौखिकरुपमा विभिन्न शिर्षकमा ४४ करोडभन्दा बढी भुक्तानी दिएको माहालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।

भ्रमण आदेश नै नगराई प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीले ११ कात्तिक २०७७ मा १६ हजार लिएका छन् भने सु।प्र।अ राजिवकुमार झाले १२ हजार लिएको देखिएको छ । कर्मचारी लखिन्द्र यादवलाई कार्यालयले नै मोटरसाइकल दिएको छ तर लेखा प्रमुखले प्रयोग गरेको भनी गाडीको कागजात विना नै ३४ हजार भुक्तानी भएको छ ।

एउटै एफएम रेडियोलाई ४८ लाख

जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा गाउँपालिकाले १ वर्षमा नै ४८ लाख १२ हजार १०५ जलेश्वरनाथ एफ।एमलाई दिएको खुलासा भएको छ । माहालेखा परीक्षकको रिपोर्टअनुसार विभिन्न शिर्षकमा २३ पटक गरेर उक्त रकम भुक्तानी गरेको हो । एउटै बिल २ लाख ३७ हजार ३ सयको छ ।

सार्वजनिक सूचना प्रकाशन तथा प्रकाशन तथा प्रसारण गर्दा सार्वजनिक खरिद ऐन तथा निमावली बमोेजिम बोलपत्र माध्यमबाट सूचना निकाल्ने व्यवस्था छ । तर, विना प्रतिस्पर्धा एफएमलाई उक्त रकम भुक्तानी दिइएको हो । जलेश्वरनाथ एफएमले बिल पेस गर्दा कुनै पनि प्रकारको जिंगल या ब्रोडकास्टिङ्ग रिपोर्ट पेस गरेको छैन ।
एफएमका व्यवस्थापक बैभव चौधरीले पनि उक्त रकम लिएको स्वीकार गरेका छन् । ‘प्रक्रियाअनुसार नै उक्त रकम लिएका हौँ,’ उनले भने ।

अनियमितताविरुद्ध कानुनी लडाइँ लड्छौँ  : अध्यक्ष यादव

अध्यक्ष रामजानकी यादवले पूर्वजनप्रतिनिधि र कर्मचारीबाट भएका अनियमितताका विषयमा कानुनी उपचार खोजिएको जानकारी दिए ।

यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिट हालेको बताउँदै अध्यक्ष यादवले जसरी पनि अनियमितता भएको सम्पूर्ण रकम फिर्ता गराउन प्रयास गरेको प्रतिबद्धता जनाए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

Next Post

मानवीय धरापमा मारिएको हात्ती मकुनाको उत्तराधिकारी मकुनागज

स्पेशल खबर

स्पेशल खबर

Next Post
मानवीय धरापमा मारिएको हात्ती मकुनाको उत्तराधिकारी मकुनागज

मानवीय धरापमा मारिएको हात्ती मकुनाको उत्तराधिकारी मकुनागज

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न आदेश

लुम्बिनी प्रदेश अस्पतालको ठेक्का प्रक्रिया रोक्न आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

आम जनता पार्टीले दलाल दलतन्त्र विरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

मिथिला नगरपालिकामा मेयर र उपमेयरबीच फेरि विवाद, दुई कार्यकक्षमा तालाबन्दी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

लहानको आँखा अस्पतालमा आफ्नै आँखामा आँशु लुकाएर बाँचिरहेकी महिला कर्मचारी

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

सिरहामा शिकारीले फालेको दुईथान भरुवा बन्दुक फेला

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

लोकतान्त्रिक व्यवस्थाको माया सबैभन्दा बढी कांग्रेसलाई नै छ : नेता निधि

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

अर्बपति लगानीकर्ता वारेन बफेटले बर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

पाकिस्तानले आफ्नो संसदको विशेष अधिवेशन बोलायो

प्रहरीका सात डीआईजीको सरूवा

प्रहरीका सात डीआईजीको सरूवा

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d