भिडियो
Thursday, April 16, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

पाँचदलीय गठबन्धनको बैठक : सिट बाँडफाँटको आधार तय गर्ने जिम्मा कार्यदललाई

पाँचदलीय गठबन्धनको बैठक : सिट बाँडफाँटको आधार तय गर्ने जिम्मा कार्यदललाई

काठमाडौं : सत्तारुढ पाँचदलीय गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसमा चुनावी सिट बाँडफाँटका लागि आधार तय गर्ने जिम्मा कृष्णप्रसाद सिटौलाको कार्यदललाई दिने निर्णय गरेको छ।

कार्यदलका सदस्य रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको जानकारी दिए।

गठबन्धनमा रहेका सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू बैठकमा सहभागी थिए।

बैठकपछि सञ्चारकर्मीसँग मन्त्री कार्कीले भने, ‘शीर्ष नेतालाई कार्यदलले कार्य विवरण बुझायो, यसबारे छलफल भएको छ। चाँडै कार्य सम्पादन गरेर अगाडि जाने निर्देशन भएको छ। सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदलका नेतालाई दिने निर्णय बैठकले गरेको छ।’

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गठबन्धनका शीर्ष नेताहरूले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि सिट बाँडफाँट लगायतका सबै काम छिटोभन्दा छिटो सक्न निर्देशन दिएको उनले बताए।

बैठकमा कार्यदलले सिट बाँडफाँटसम्बन्धमा अहिलेसम्म भएका छलफल र तय गरेका सम्भावित आधारलगायत सबै विवरण शीर्ष नेताहरूसमक्ष पेश गरेको थियो।

मन्त्री कार्कीले भने, ‘जे जस्ता आधार तयार पारेका छौं, ती सबै शीर्ष नेताहरूलाई बुझायौं। सिट संख्याबारे चाँडोभन्दा चाँडो तय गरेर सार्वजनिक गर्छौं।’

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल एकसाथ अगाडि बढाएको जानकारी दिए। यसअघि बसेको कार्यदलको बैठकमा आगामी चुनावका लागि २०७४ को समानुपातिक मत र गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनको परिणामका आधारमा तय गर्ने सहमति भएको थियो।

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

बालुवा, गिट्टी उत्खन्न गर्ने ६ वटा सवारी साधन धनुषा प्रहरीको नियन्त्रणमा

Next Post

‘पहिला युद्धमा मर्न पनि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पद र प्रतिष्ठामा मात्रै केन्द्रित छ’

स्पेशल खबर

स्पेशल खबर

Next Post
‘पहिला युद्धमा मर्न पनि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पद र प्रतिष्ठामा मात्रै केन्द्रित छ’

‘पहिला युद्धमा मर्न पनि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पद र प्रतिष्ठामा मात्रै केन्द्रित छ’

भारत-पाकिस्तान खेलको टिकट ३ घन्टामै सकियो

भारत-पाकिस्तान खेलको टिकट ३ घन्टामै सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

कर्णाली निर्वाचन: शक्तिशाली नेताहरू पराजित, नयाँ अनुहार विजयी

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रास्वपाका बालेनले पेश गरे खर्च विवरण, सवारीमै २.९३ लाख

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d