भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

बाँझो जग्गामा खेती गर्ने किसानलाई गाउँपालिकाको भत्ता


बाँझो जग्गामा खेती गर्ने किसानलाई गाउँपालिकाको भत्ता

बागलुङ : पछिल्लो समय गाउँ छोडेर बजार झर्नेहरुको लर्को नै लागेको छ। गाउँदेखि बजारमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका सुविधा खोज्दै मानिसहरु झर्न थालेपछि अहिले गाउँका उर्वर भूमि वनमाराले ढाकिन थालेका छन्।

गाउँमा बस्नेहरू समेत खेती गर्न खासै रुचाउँदैनन्। यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनु पर्ने अवस्था सिर्जना भएको छ। बागलुङ धेरै पालिकाको समस्या हो यो।

उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउनतर्फ जिल्लाका कमै पालिका मात्र लागेका छन्। त्यसमध्ये ताराखोला गाउँपालिकाले पनि कृषिलाई प्राथमिता दिएको छ।

गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषकलाई प्रोत्साहन कार्यक्रम ल्याएको छ। अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्,उसलाई उति धेरै प्रोत्साहन रुकम उपलब्ध गराउनेछ।

कृषकले बाँझो जमिनमा खेती गरेबापत गाउँपालिकाले प्रति रोपनी २ हजार रुपैयाँ उपलब्ध गराउने ताराखोला गाउँपालिका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिए।

उनले पछिल्लो समय खेतीयोग्य जमिन बाँझिदै गएको र उत्पादन घट्दै गएको हुँदा यो कार्यक्रम ल्याएको बताए। कृषकलाई खेती गर्नतर्फ आकर्षण गरि बाँझो जमिनमा खेती गर्न लगाउने र पालिकाले आत्मनिर्भर बनाउने लक्ष्य ‍राखेको बताए।

‘पछिल्लो समय स्थानीयहरू गाउँ छोडी बसाइँसराइ गरेर बजार झरिरहेका छन्। यहाँ भएकाहरूले पनि सीमित बारीमा मात्र खेती गर्ने गरेका छन्। त्यसले गर्दा उत्पादन घटिरहेको छ,’ शाखा प्रमुख भट्टराईले भने‚ ‘बसाइँसराइ रोकी बाँझिएका जमिनमा खेती गर्न प्रोत्साहन गर्ने र उत्पादन बढाउने हिसाबले यो कार्यक्रम ल्याएका हौँ, एक रोपनी बाँझो जमिनमा खेती गरेबापत किसानले २ हजार रुपैयाँ पाउनेछन्, जति रोपनी जग्गा खेती हुन्छ, उति रकम बढी पाउँदै जानुहुनेछ।’

ताराखोला गाउँपालिकामा अहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ। कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रिकीरण गर्नेतर्फ पनि गाउँपालिकाले जोड दिएको छ।

पालिकाले मिनी टेलर, धान‚ गहुँ‚ कोदो चुट्ने थ्रेसर मेसिन वितरणको योजना गरेको शाखाप्रमुख भट्टराईले जानकारी दिए। उनले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताए।

‘यस वर्ष कृषकलाई आधुनिक औजार वितरण गर्ने कार्यक्रम छ, मिनी टेलर, धान‚ गहुँ‚ कोदो चुट्ने थ्रेसर मेसिन वितरण हुनेछ, यसले कृषकलाई खेतीपाती गर्न सहज हुनेछ, उत्पादनमा पनि वृद्धि हुने अपेक्षा लिएका छौँ‚’ उनले भने‚ ‘उत्पादन वृद्धि गर्ने नै मुख्य लक्ष्य रहेको हुँदा कृषकको आवश्यकताअनुसार सहयोग भइरहेको छ।’

खासगरी ताराखोलामा आलु, भाँगो, किबी‚ कोदो, मकैलगायतका खाद्यबाली उत्पादन हुने गर्छ। भट्टराईले व्यावसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग गर्ने बताए। ‘यहाँ व्यावसायिक खेतीमा लाग्नु भएका कृषक पनि हुनुहुन्छ, उहाँहरूलाई आवश्यक बिउबिजन, प्राविधिकलगायत विभिन्न सहयोग हुन्छ, भइरहेको छ‚’ उनले भने।

जैविक कृषि बगैचा संचालन

गाउँपालिकाले जैविक कृषि बगैचा संचालन गरेको छ। गत वर्षदेखि शुरु भएको जैविक कृषि बगैंचा ३७ रोपनीमा संचालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाई छ। गाउँपालिकाले आर्थिक वर्ष ०७८/७९ मा विनियोजन गरेको १५ लाख रुपैयाँबाट बगैंचा संचालन गरेको उनले बताए।

३७ रोपनीमध्ये २० रोपनीमा किबी खेती र अन्य १७ रोपनीमा आलु, भाँगोलगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उनको भनाई छ। ‘हामीले गत वर्षदेखि जैविक कृषि बगैंचा संचालनमा ल्याएका छौँ, बगैंचामा सबैभन्दा धेरै किबी खेती गरिएको छ भने आलु, भाँगो लगायतका खाद्यबाली र फलफूल पनि यहाँ लगाइएको छ,’ उनले भने‚ ‘यहाँ लगाएका खाद्यबाली र फलफूल पनि राम्रो हुँदै गएको छ।’

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

वीरगञ्ज चिनी कारखाना पुनः सुचारु हुने चर्चा

Next Post

बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d