भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना


बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

लण्डन : बेलायतमा दुई सन्तानकी आमा केली थमसन केही दिनअघि दोस्रोपटक अस्पताल भर्ना भइन्। आफ्ना दुई सन्तानलाई खुवाउन दिनमा एकपटक मात्रै खाना खाएपछि ती महिला कुपोषणग्रस्त भइसकेकी थिइन्। ४३ वर्षीया केली थमसनसँग आफ्नो परिवारलाई पालनपोषण गर्न हप्ताको ४० पाउण्ड मात्रै बजेट छ।

महँगीका कारण आउँदै गरेको जाडोमा भीख माग्न बाध्य हुने आशंका रहेको ती महिला बताउँछिन्। बर्कशायरमा बस्ने दुई सन्तानकी आमाले खाद्यान्नको बढ्दो मूल्यले आफू र आफ्ना छोराछोरीलाई खुवाउन गाह्रो भएको बताइन्। थमसनका १४ वर्षका छोरा र ११ वर्षकी छोरी छन्।

डेलीमेलको समाचार अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय (अफिस फर नेशनल स्ट्याटिस्टिक्स)को नयाँ तथ्याङ्कले बेलायतमा महँगी दर सन् १९८२ यताकै उच्च १०.१ प्रतिशत रहेको देखाएको छ। दिनमा एकपटक मात्रै खाना खाने भएकाले थमसनको तौल निकै घटेको छ। अवस्था निकै नाजुक भएकाले उनले खानेकुरा किन्न छोरीले जन्मदिनमा पाएको उपहार बेच्नुपरेको दुखेसो व्यक्त गरिन्। कुपोषणका कारण आफू दुईपटक अस्पताल भर्ना हुनुपरेको उनले बताइन्।

शरीरमा आइरनको कमी भएकाले रगत चढाउनुपर्ने उनको भनाइ छ। आर्थिक अभावले आवश्यक खाना खान नसक्दा कमजोरी भएको उनले बताइन्। टेलिग्राफका अनुसार जी ७ का सदस्य देशहरूमा बेलायतमा महँगीदर सबैभन्दा बढी छ। अमेरिका र जर्मनीमा महँगीदर ८.५ प्रतिशत रहेको छ भने जापानमा २.४ प्रतिशत छ। बेलायतमा दैनिक उपभोग्य वस्तुको मूल्य ३४ प्रतिशतसम्म बढेको तथ्यांकले देखाएको छ।

उनी भन्छिन्, ‘हरेक बिहान म उठ्छु र सोच्छु- हे भगवान्! फेरि… म योसँग घृणा गर्छु।’ के गरूँ भन्ने आफूलाई थाहा नहुने उनी बताउँछिन्। ‘हामीसँग केही छैन। लाग्छ‚ भीख माग्नुको विकल्प छैन’‚ उनी भन्छिन्। रिपोर्टका अनुसार ती महिला भन्छिन्, ‘मेरो निकै खराब अवस्था छ। जहिले पनि पसल जाँदा हरेक चिज महँगो भएको हुन्छ। मैले चोर्ने कुरा पनि सोच्छु तर म पक्राउ परेँ भने मेरा छोराछोरीलाई के होला भनेर डराउँछु।’

राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्यांकअनुसार विगत १२ महिनामा दूधको मूल्य ३४ प्रतिशतले बढेको छ। यसैगरी जैतुनको तेलको मूल्य २३.६ प्रतिशत, जामको २१.२ प्रतिशत र महको मूल्य १४.६ प्रतिशतले बढेको छ। ग्याँसको ९५.७ प्रतिशत‚ विद्युत्‌‌को ५४ प्रतिशत‚ इन्धनको ४३.७ प्रतिशत‚ बटरको २७.१ प्रतिशत‚ आलुको १५.७ प्रतिशत‚ अण्डाको १४.६ प्रतिशत‚ ब्रेडको ११ प्रतिशत‚ चामलको ६.७ प्रतिशतले मूल्य बढेको छ।

बेलायतमा प्रधानमन्त्रीको दौडमा महँगी मुद्दा पनि निर्णायक सावित हुन सक्छ। प्रधानमन्त्री पदका उम्मेदवार ऋषि सुनक र लिज ट्रसले महँगी घटाउने नयाँ वाचा गरिरहेका छन्।


छोरीका साथमा केली थमसन।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

बाँझो जग्गामा खेती गर्ने किसानलाई गाउँपालिकाको भत्ता

Next Post

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’

‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d