भिडियो
Monday, June 15, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग


वैवाहिक जीवन निरस बनिरहेको महसुस हुन्छ ? यसरी भर्नुस् सम्बन्धमा रंग

प्रेम विवाह होस् वा मागी विवाह । विवाहका केही वर्षसम्म श्रीमान श्रीमतीबीच एकअर्काप्रति उत्सुकता, सुमधुर सम्बन्ध र भरपुर प्रेम भइरहन्छ । उनीहरु सुन्दर र रंगीन संसारको परिकल्पनामा हुन्छन् ।

कुनै नयाँ मान्छेसँग जिन्दगी बिताउनु, नयाँ परिवारसँग सम्बन्ध बनाउनु, आफूलाई विभिन्न नाता सम्बन्धमा परिणत गर्नुले श्रीमान श्रीमतीबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउँछ । साथै नयाँ–नयाँ अनुभव संगाल्न पनि मद्दत गर्छ । यी विभिन्न कुराले विवाहका केही वर्ष निकै रंगीन हुन्छन् ।

तर समयक्रमसँगै पारिवारिक जिम्मेवारी र कार्य व्यस्तताले श्रीमान श्रीमतीले एकहर्कालाई चाहेजति समय दिन सक्दैनन् । काम र जिम्मेवारीबीच प्रेमले कम स्थान पाएको उनीहरुलाई महसुस हुन थाल्छ । जब पारिवारिक जिम्मेवारी र कामको तनावले दम्पतीबीच सम्बन्धमा खल्लोपन आउँछ, तब मनमुटाव सुरु हुन्छ ।

यदि तपाईंको पारिवारिक जीवनमा पनि कुनै तनाव वा वैवाहिक जीवनका सुरुवाती दिनमा जस्तो प्रेम र उत्सुकता छैन वा घट्दै गएको छ भने त्यसलाई यसरी समाधान गर्न सक्नुहुन्छ ः

एकअर्कासँग कुरा गर्ने

विवाह र पारिवारिक जिम्मेवारी निभाउँदै जाँदा श्रीमान श्रीमतीबीच राम्रोसँग कुराकानी हुन पाउँदैन । परिवारको आवश्यकता पूरा लागि दुवै जना निकै व्यस्त हुन्छन् । दम्पतीबीच कुराकानी नहुँदा एकअर्कालाई देख्दा तनाव महसुस हुन्छ । यस्तो बेला एकापसमा खुलेर कुरा राख्नुपर्छ । खुलेर कुराकानी गर्दा सम्बन्धमा सुधार आउनुका साथै एकअर्काका भावना बुझिन्छ र प्रेम बढ्दै जान्छ ।

सार्वजनिक स्थानमा हात समातेर हिंड्ने

विवाहका केही वर्षसम्म दम्पतीबीच सम्बन्ध निकै मजबुत हुन्छ । घर बाहिर जाँदा पनि उनीहरु एकअर्कालाई अंगालो हालेर वा हात समाएर हिंड्छन् । तर समयसँगै उनीहरु यसबाट दूरी बनाउन थाल्छन् ।

वैवाहिक जिन्दगीमा खुसी भर्न फेरि एकपटक पहिलेजस्तै सार्वजनिक स्थानमा एकअर्काको हात समाएर हिंडनुपर्छ । यसले पुराना यादलाई मात्रै ताजा बनाउँदैन । सम्बन्धलाई नयाँ आयामबाट अगाडि बढाउन समेत मद्दत गर्छ ।

सम्बन्धमा पहिले जस्तो मिठास ल्याउन पुराना कामलाई दोहो¥याउनुपर्छ । जस्तै कहिलेकाहीं घुम्न जाने, मन पर्ने वस्तु उपहार दिने तथा सडक किनारमा हिंड्दा हात समाउने आदि । यसो गर्दा सम्बन्धमा सुधार आउनुका साथै मिठास समेत भरिन्छ ।

पुराना याद ताजा बनाउने

विवाहको केही वर्षपछि तपाईंको सम्बन्ध पहिले जस्तो छैन भने पुराना यादलाई ताजा बनाएर त्यसलाई रंगीन बनाउन सकिन्छ । विगतमा गरेको रोमाञ्चित काम तथा एकअर्कालाई मन पर्ने कुरालाई प्राथमिकता दिएका दिन सम्झेर जिन्दगीलाई पुनः नयाँ रंगहरुसँगै सुरु गर्न सकिन्छ । यस्ता क्रियाकलाप गर्दा एकअर्कालाई नजिक हुन सहयोग पुग्छ ।

सुत्नुभन्दा पहिले कुरा गर्ने

विवाहपछि सम्बन्धमा खल्लोपन महसुस हुने कारणमध्ये एक हो सुत्नुभन्दा पहिले एकअर्कासँग कुराकानी नगर्नु । पारिवारिक जिम्मेवारी, कामको व्यस्तता र तनावका कारण दम्पतीले एकअर्कालाई आवश्यक समय दिन सक्दैनन् । यस्तोमा सम्बन्धमा दूरी बढ्न थाल्छ ।

दिनभर काममा व्यस्त भए पनि राति घर फर्कंदा कार्यालयमा भएका क्रियाकलाप तथा साथीभाइका विषयमा कुराकानी गर्न सकिन्छ । यस्तो गर्दा एकापसमा निकटता बढ्नुका साथै कुराकानी गर्ने बानी बस्छ । जसले गर्दा सम्बन्ध पुरानै अवस्थामा फर्किन्छ र खुसी महसुस हुन्छ ।

रोमान्सबाट टाढा नभाग्ने

उमेरसँगै रोमान्स र हाँसो मजाक गर्ने बानी घट्दै जान्छ । तर सम्बन्धलाई दिगो, प्रेमिल बनाइराख्न दम्पतीले रोमान्सलाई सधैं महत्व दिनुपर्छ । प्रेम बचाइराख्न र थप प्रगाढ बनाउन एकअर्कालाई मन पर्ने समान उपहार दिने, खाना पकाउने, घुम्ने जस्ता काम गर्नुपर्छ । यसले सम्बन्ध मजबुत बनाउनुका साथै खुसी बढाउन मद्दत गर्छ ।

ओन्ली माइ हेल्थबाट

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading…

Related

Previous Post

बेलायतमा बढ्दो महँगी : कुपोषणले अस्पताल भर्ना

Next Post

‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’

स्पेशल खबर

स्पेशल खबर

Next Post
‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’

‘चीनले युद्ध नलडी जित्ने रणनीति लिएको देखिन्छ’

गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी अस्पताल पुगे

गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी अस्पताल पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

NASA बाट नेपाली प्रतिभाको कदर : मिथिलेश ठाकुरले पाए अन्तर्राष्ट्रिय प्रशंसा

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

सर्लाही सीमामा रहस्यमय मृत्यु, भारतीय नागरिक हुनसक्ने आशंका

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

भारतीय सहयोगमा पर्सालाई प्राप्त भए कैदी ढुवानीका १० ट्रक

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

जेन-जी आन्दोलनको हिंसामा संलग्नता खोज्न आयोगको नयाँ सिफारिस

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

‘डन ३’ विवाद चर्कियो, रणवीर सिंहसँग काम नगर्ने घोषणा

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

अब्राहम सम्झौताबारे पाकिस्तानको कडा प्रतिक्रिया, राष्ट्रिय नीति नबदलिने संकेत

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d