भिडियो
Sunday, October 19, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने : नेता प्रकाशमान


इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने : नेता प्रकाशमान

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा मूल्य वृद्धि नियन्त्रण गर्न सक्ने उनले बताए । शनिबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभा हल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताए ।  

इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्राइसिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन । सरकारले अलिकति पहल गर्नुपर्‍यो ।’

स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा तीन पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन । यसबाट सरकारको आलोचना भइरहेको छ । 

उनले सरकारका कामकारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ । उनले काठमाडौं महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न सुझाव दिए ।

फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरूमा राजनीतिकरण गर्न नहुने धारणा राखे । ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ । यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।

बागमती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रमको १४ लाख रुपैयाँ बजेटमा सामुदायिक सभा हल निर्माण गरिएको हो । त्यसका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्षमा थप २० लाख रुपैयाँ छुट्याएको उनले बताए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

राजदूतहरुको प्रतिनिधिमण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

Next Post

फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी ठगी

ग्लोबल संचार

ग्लोबल संचार

Next Post
फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी ठगी

फेसबुक ‘ह्याक’ गर्ने गिरोहका तीनजना पक्राउ, दुई लाखभन्दा बढी ठगी

एक ट्विटको मूल्य : चौंतीस वर्षको जेल सजाय

एक ट्विटको मूल्य : चौंतीस वर्षको जेल सजाय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण’, आठ जनाको मृत्यु

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव सेनाको सहयोगमा सम्बन्धित जिल्लामा पुर्‍याइयो

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

‘जेनजी’ आन्दोलनले एक सय वर्षभन्दा पुराना तीन दरबारमा पूर्ण क्षति

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

मन्त्रिपरिषदलाई समावेशी बनाउन बढदो जनदबाब, चर्चामा यी ५ युवा अनुहार

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

सिरहामा गाडिएका मध्ये आधा बोरिङ प्रयोग विहीन

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

अमेरिकाको न्युयोर्कमा होटलमा गोलीबारी, ३ जनाको मृत्यु, ८ घाइते

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d