जनकपुरधाम स्थित रहेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामा हानेर फाइल नियन्त्रणमा लिएको छ ।
शनिवार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीनवटा योजनाको फाइल नियन्त्रणमा लिएको प्रमुख गोपाल कुमार अधिकारीले जानकारी दिए ।
आयोगमा विभिन्न उजुरीहरु परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरु माग गरेको उनले बताए । आयोगको कार्यालय बर्दिबासले यस अघि वृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।