न्यूज ब्यूरो, जनकपुरधाम । धोती, कुर्ता र गम्छा लगाउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा एमाले मधेशीको पार्टी रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले श्रमिक, सुकुम्बासी र भुमिहिन र मधेशीहरुकै पार्टी भएको बताए । नेकपा एमाले पार्टी मधेशीको पार्टी हो, पहाडिया र हिमालीलगायत आम नेपालीको पार्टी भएकोले आफुहरुलाई विश्वास गर्न आग्रह गरे । जनकपुरधाममा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले हजारौको संख्यामा मधेशी समुदायका नेता, कार्यकताहरु पार्टीमा रहेको बताए ।“अन्य पार्टी परित्याग गरि प्रवेश गर्दै हुनुहुन्छ, तर पनि केही पार्टी र नेताहरुको नजरमा एमाले पहाडियाको पार्टी मात्रै भएको आरोप अशोभनिय भएको छ ।”– उनले भने । नेकपा एमालेको अगाडी पाँच दलिय गठबन्धनले फरक पार्न नसक्ने बताए । पाँच दलिय गठबन्धनसंग लडन् एमाले एक्लै काफी रहेको बताउँदै उनले एमालेको हैसियत काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष प्रचण्डलाई थाहा छ बताए । गठबन्धनका नेताहरुको अनुहारमा चमक हराउँदै गएको बताउँदै उनले देशभर एमालेमा प्रवेशको लहर चलेको बताए।मंसिर ४ गते हुने निर्वाचनको तयारीमा एमालेका नेताहरुलाई खट्न आग्रह गर्दै जनताको पक्षमा र देशलाई अन्धकारमय हुनबाट बचाउन एमाले अग्रसर रहेको बताए ।उनले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी, जसपा, लोसपालगायतको पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्ने नेता कार्यकताहरुलाई राजनितिक शोषण नगर्ने बताए । “तपाईहरुको नेकपा एमालेमा आवागमनलाई पार्टीले सकारात्मक रुपमा लिएको र देशमा पाँच दलिय गठबन्धनलाई कडा रुपमा जवाफ दिनेछु ।”– उनले थपे ।धनुषाको क्षेत्र नम्बर २ मा असोज २ गते भब्य पार्टी प्रवेश कार्यक्रम पुनः हुने उदघोष गरे । क्षेत्र नम्बर २ मा हजारौको संख्यामा अन्य पार्टी परित्याग नेकपा एमालेमा प्रवेश गर्ने बताए ।