लहान असाेज ८ – सिरहाको प्रादेशिक अस्पताल लहानमा विभिन्न रोगका उपचार संगै करिब एक बर्ष देखि दाँतको विभिन्न रोगहरुको उपचार गरिदै आयरहेकाे छ । दाँतका विशेषज्ञ डा.पंकज साह ( BDS,MDS) र राकेश साह डेन्टल हाईजिङ्गस्टको सेवा लहान अस्पतालमा सुरु भएका छन्।धरानका बिपी कोइराला ईन्स्टिच्युट अफ हेल्थ science बाट अध्यन गरेका डाक्टर साहको सेवा लहान अस्पतालमा सुरु भएका छन्। अस्पतालले सार्बजनिक बिदा बाहेक ओ.पी.डी.सेवा संचालनमा ल्याएका छन्।दाँत उपचारमा गरिने सेवा अन्तर्गत दाँत सफा,दाँत निकाल्ने, भर्ने,RCT गर्ने,जरैदेखि उपचार गर्ने,एक्सरे गरिनुका साथै बच्चाहरुको दाँतको उपचार लगायत मुखको क्यान्सर सम्बन्धि सल्लाह सुझाव समेत दिने गरेकाे कुरा डा पंकज साहले जनाएको छ ।