भिडियो
Wednesday, March 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

बालेनलाई आयो अमेरिकाबाट अत्यन्त खुसीको खबर, देशरभरका समर्थकमा छायो खुशियाली !


बालेनलाई आयो अमेरिकाबाट अत्यन्त खुसीको खबर, देशरभरका समर्थकमा छायो खुशियाली !

काठमाडौं,।

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले हालै काठमाडौँको विभिन्न भागमा गरेको नगरविकासका योजना र यसको पुनर्संरचनाको प्रयासलाई अमेरिकामा प्रशंसा गरिएको छ ।

अमेरिकामा रहेबसेका सामाजिक अभियन्ता तथा प्राध्यापकहरूसँग गरिएको संक्षिप्त वार्तामा उहाँहरूले बालेन शाहको कार्यको खुलेरै समर्थन गर्नुभएको हो । उहाँहरूले नगरविकास र काठमाडौँलाई काठमाडौँ जस्तो बनाउन शाहले आर्थिक सहयोगको आव्हान गर्नुभएको खण्डमा सो सहयोग पनि उपलब्ध गराउन तयार रहेको बताउनुभयो । एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीले नगरप्रमुखले गरेको कामको खुलेरै प्रशंसा गर्दै भन्नुभयो

राजनीतिक प्रभाव आउन सक्छ, कसैको डर र प्रभावमा नपरी नगर विकासको काम कारबाहीलाई चुस्त रूपले अगाडि बढाउन सक्छन् र सक्नु पनि पर्छ । उहाँले अवैध किसिमले बनाइएका संरचनालाई भत्काउनु र नगर विकास गर्नु आजको आवश्यकता हो भन्नुभयो । उहाँले घरभेटी र भाडामा बस्ने बीचको असामञ्जस्यलाई पनि नगर प्रमुखले न्याय गर्नुपर्छ भन्नुभयो ।

वेस्टर्न मिचिगन विश्वविद्यालयका प्राडा उदयराज वाग्लेले यस समाचारदातासँग कुरा गर्दै स्थानीय निकायले गर्ने यस्तै प्रकारको कामले प्रगति हुन्छ र नगरप्रमुखले जुन ढङ्गले काम गर्नुभएको छ, यो ठुलो कुरा हो भन्नुभयो । स्थानीय निकायले यस्ता काम कारबाही गर्दा माथिल्लो निकायबाट हस्तक्षेपको सम्भावना न्यून हुने भएकोले उहाँलाई काम गर्न सहज हुने उहाँको भनाइ छ ।

वाग्लेले राजनीतिक पार्टीबाट अलग रहेर काम गरेकोले जनसमर्थन कस्तो छ, ककसले सहयोग गरेका छन्, ककसले विरोध गरेका छन् भन्ने कुराले महत्त्व राख्ने भएकोले ती कुरामा पनि ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले कानुनी कुरा, तथ्याङ्क र व्यावसायिक कुरालाई पनि सोचेर अगाडि बढे नगरको विकास हुन्छ भन्नुभयो । वाग्लेले एरिया तोकेर यस किसिमको काम गर्न र फुटपाथमा काम गरेर खानेहरूलाई वैकल्पिक व्यवस्था गरेदेखि उनीहरूको पनि समर्थन रहन्छ भन्नुभयो ।

काठमाडौँ नगरलाई नजिकबाट नियालिरहनुभएका लेखक तथा पत्रकार शिवप्रकाशले बालेन शाहले दलालतन्त्रले कुरुप बनाएको काठमाडौँ शहरलाई नगर बनाउने उहाँको प्रयास स्तुत्य छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘बालेनले नाजायज काम गरेका छैनन्, बरु अरूहरूले कानुन मिचेर बनाएका संरचनालाई उनले भत्काएर ठिक ठाउँमा ल्याएका छन् ।’’

अहिलेसम्म कानुनले काम नगरेको बताउँदै उहाँले भन्नुभयो हरेक मानिसलाई हामीले यस्तो गैरकानुनी काम गर्नुहुँदैन भन्ने लाग्नुपर्छ र नगर विकासमा बालेनले मात्र होइन, सबै सहभागी हुनुपर्छ । समाजसेवी तथा व्यवसायी ज्ञानप्रसाद रिमाल पनि बालेनको अहिलेको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्छ ।

उहाँले भन्नुभयो देश विकासका लागि गैरकानुनी तवरले निर्माण गरिएका यस्ता संरचना ध्वस्त बनाउनैपर्छ । तर घरभेटीलाई ३५ दिने सूचना भने दिनैपर्छ भन्नुभयो । समस्या होला भनेर हात बाँधेर बस्ने हो भने त न देश बन्छ, न राजधानी नै । सुरुमा समस्या होला तर यसले दीर्घकालीन रूपमा नगरबासीको भलो हुन्छ भन्नुभयो । उहाँले पर्यटक आगमनका लागि नेवारी जात्रा वा पर्वलाई पनि अगाडि बढाउन जरुरी छ भन्नुभयो ।

समाजसेवी तथा प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष प्रभु थापाले अहिले नै उनलाई शुभकामना दिन हतारो हुन्छ भन्नुभयो । कुरा मात्र हो कि काम पनि गर्ने हुन् रु त्यो हेरेर मात्रै निष्कर्ष निकाल्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भत्काउनु मात्रै विकास होइन, यसलाई कसरी बिट मार्छन् त्यो महत्त्वपूर्ण कुरा हो र त्यसैमा उनको सफलता वा असफलता निर्भर रहन्छ भन्नुभयो । उहाँले जुन शैलीमा बालेन अगाडि बढेका छन् त्यो व्यावहारिक शैली होइन, यसलाई सच्याएर कार्यक्रम तथा योजना लिएर मात्र अगाडि बढ्नुपर्छ भन्ने सुझाव पनि दिनुभयो ।

एनआरएन भर्जिनिया च्याप्टरका पूर्व अध्यक्ष एवं समाजसेवी गोविन्द सुवेदी बालेनको कार्यबाट अत्यन्त खुसी हुनुहुन्छ । उहाँले बालेनलाई सहयोग र साथ रहने बताउँदै यो सकारात्मक कार्य ढिलै भए पनि राम्रो भएको छ र काठमाडौँलाई काठमाडौँ जस्तो बनाउन पनि सुझाव दिनुभएको छ ।

News by:- www.N parda.com

Share this:

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Tags: Global sanchar
Previous Post

प्रादेशिक अस्पताल लहानमा डेन्टल सुविधा संचालन

Next Post

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

स्पेशल खबर

स्पेशल खबर

Next Post
पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

पारिवारिक पुनर्मिलनको पर्व बडादशैँ सुरु, पहिलो दिन घटस्थापना

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

रुकुम पश्चिममा जनार्दन–गोपाल आमनेसामने, पूर्व सहकर्मीबीच कडा प्रतिस्पर्धा

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

१९९२ विश्वकप विजेता कप्तानको आँखामा गम्भीर समस्या

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

USS Gerald R. Ford स्ट्राइक ग्रुप मध्यपूर्वतर्फ अग्रसर

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

आदिवासी एकताका लागि एकअर्कालाई सहयोगको आह्वान

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

‘भोट होइन, काम दिनुस्’ — रास्वपाको सन्देश

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

दुई तिहाइ बहुमतसहित बीएनपी सत्तामा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d