लहान कार्तिक ११ नेकपा एमाले र जसपा नेपाल सिरहा क्षेत्र १ मा संयुक्तरूपमा आजदेखि घर दैलो कार्यक्रमकाे सुरवात गरेको छ ।
लहान नगरपालिका वडा न . ११ नेकपा एमाले र जसपा नेपालको संयुक्त घर दैलो कार्यक्रम गरेकोछ। सिराहा क्षेत्र १ काे प्रतिनिधिसभा सदस्यकाे उमेदवार रामशंकर यादव र प्रदेश सभा सदस्य क्षेत्र १ (क) काे उमेदवार राजेन्द्र प्रसाद चौधरीले लहान नगरपालिका वडा ११ का मतदाताहरुका घर दैलामा पुगि पार्टीको घाेषनापत्र र आफुले निर्वाचित भएपछि क्षेत्र र प्रदेशमा गरिने विकासको संकल्प बुझाउन मतदाताहरुका घर दैलो पुगेर भलाकुसारी गर्दै मत मागने कार्य गरिरहेकाे कुरा नेकपा एमाले लनपा नगर अध्यक्ष राज कुमार साहले जानकारी दिनुभएको छ ।दुवै पार्टीका नेता कार्यकर्ताका साथ संयुक्तरूपमा लहान नगरपालिका वडा ११ काे हरेका गाउँ गाउँ टोल पुगेर घर दैलो कार्यक्रम गरेर जनता माझ उपस्थित भएका छन् । यूवा नेता रियासत लिमी मुना भन्नुहुन्छ हाम्रो अभियान संयुक्तरूपमा निरन्तर रहिरन्छ हामीले हाम्रो पार्टीको विकाससिल एजेन्डा सबै मतदातालाई बुझाउन रतिभर पछि नहट्ने जनाउनु भयो ।