भिडियो
Wednesday, February 4, 2026
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलर’ को आक्रमण

पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलर’ को आक्रमण

कर्णाली । तातोपानी गाउँपालिका–१ जुम्ला तरापीमा लगाइएको करिब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलर’को आक्रमण भएको छ ।

तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । लाखौँको सङ्ख्यामा रहेका टेन्ट क्याटरपिलरले स्याउका पात, डाँठ र बोक्रासमेत खान थालेपछि स्याउका बोटमा क्षति पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख पदमबहादुर नेपालीले जानकारी दिए ।

‘तीन सय घर परिवार रहेको राँका गाउँको तरापीमा ‘एक घर, एक बगैँचा’को अवधारणाअनुसार प्रतिघर परिवारले एक सय ५० स्याउका बिरुवा लगाएर बगैँचा स्थापना गरेका छन्’, शाखा प्रमुख नेपालीले भने ‘तर ती सबै स्याउका बोटका पात टेन्ट क्याटरपिलारले सखाप पारेपछि समस्या भएको छ ।’

जुम्ला ‘अर्गानिक’ जिल्ला घोषणा भइसकेकाले विषादी छर्न नपाइने हुँदा टेन्ट क्याटरपिलार कसरी देखियो भन्ने कुरा गाह्रो भएको उनले बताए ।

उत्पादन पहिले भएको तर क्याटरपिलारका लागि अनुकूल वातावरण भएपछि लाखौँको सङ्ख्यामा अहिले वृद्धि भएको शाखा प्रमुख नेपालीले बताए । यसले स्याउको बोक्रामा घर लगाएर बसेको जनाउँदै उनले जलवायु परिवर्तनका कारण पछिल्लो समयमा स्याउमा समेत विभिन्न रोग देखिन थालेको बताए ।

तरापीमा लगाइएको ठूलो सङ्ख्याका स्याउका बिरुवामा देखिएको क्याटरपिलारको समस्यासँग सम्बन्धित प्रतिवेदन आएसँगै अहिले जुम्लामा पाइने देवदारको तेलसँग पानी मिसाएर छर्कने सल्लाह दिइएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

‘टेन्ट क्याटरपिलार नियन्त्रणमा लिन हामी अहिले जैविक विषादी पनि खोजी रहेका छौँ’ उनले भने ‘त्यसले समस्या हल गर्न नसक्ने अवस्था नभए विकल्प पनि खोज्नुपर्ने हुन्छ ।’

तातोपानी–१ का वडाध्यक्ष तथा स्याउ किसान कर्णबहादुर कठायतले आफ्ना तीन सय बोटमा क्षति पुर्याएको बताए । परागसेचनको समय भएकाले रासायनिक विषादीलगायत अन्य विषादी हाल्न नमिल्ने भएकाले अहिले सबै किसानलाई टेन्ट क्याटरपिलारलाई हातैले मार्न सुरु गरिएको उनले जनाए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

प्रक्रिया विपरीत निर्माण सुरु गरिएको सामुदायिक भवनको काम रोकियो

Next Post

राष्ट्रिय सम्पदा र परम्परालाई बेवास्ता गरेको सरकारको नीतिको आलोचना : किरणकुमार साह

स्पेशल खबर

स्पेशल खबर

Next Post
राष्ट्रिय सम्पदा र परम्परालाई बेवास्ता गरेको सरकारको नीतिको आलोचना : किरणकुमार साह

राष्ट्रिय सम्पदा र परम्परालाई बेवास्ता गरेको सरकारको नीतिको आलोचना : किरणकुमार साह

संसदमा रास्वपाको नाट्क: आफुमाथि प्रश्न उठ्दा हङगामा

संसदमा रास्वपाको नाट्क: आफुमाथि प्रश्न उठ्दा हङगामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

बागी उम्मेदवारी फिर्ता, कांग्रेस चुनाव केन्द्रित

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

कागजी मुद्रामा विश्वास घट्दा सुन–चाँदीको मूल्य उकालो

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

सडकको आवाज संसदमा पुऱ्याउने प्रतिबद्धतासहित सर्लाही – २ बाट सीबी साहको उम्मेदवारी दर्ता

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मान्छेबाट यौनजन्य दुर्व्यवहार भोगेको कुकुरको उद्धार, काठमाडौंमा उपचार हुँदै

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

मन्त्रिपरिषद् निर्णयः जाँचबुझ आयोगको समय थप, अनुदान स्वीकार

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

म्याग्दीमा आमाको नामबाट नागरिकता पाउने संख्या बढ्दै

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

कांग्रेस एकताबद्धतर्फ, तर वेबसाइट अझै पुरानै अवस्थामा

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

जनकपुर सम्बोधनको शब्दार्थ विवादमा बस्नेत पछि हटे

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d