भिडियो
Monday, December 8, 2025
Special Khabar
  • Login
No Result
View All Result
आजको पत्रिका
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
ENGLISH
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
Special Khabar
No Result
View All Result

राष्ट्रिय सम्पदा र परम्परालाई बेवास्ता गरेको सरकारको नीतिको आलोचना : किरणकुमार साह


राष्ट्रिय सम्पदा र परम्परालाई बेवास्ता गरेको सरकारको नीतिको आलोचना : किरणकुमार साह

काठमाडौं- प्रतिनिधि सभा सदस्य किरण कुमार साहले संसद्‌को बुधबारको बैठकका क्रममा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका छन्। बुधबार रोस्टममा उभिएर साहले भने, ‘कोही जनयुद्ध जिन्दावाद भन्‍नुहुन्छ, कोही जय नेपाल भन्‍नुहुन्छ, कोही लालसलाम भन्‍नुहुन्छ, कोही कमरेड भन्‍नुहुन्छ तर म यही रोस्टमबाट भन्छु कि सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद भन्‍न चाहन्छु।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममा बुँदा नम्बर ७ मा संविधान कार्या न्वयन उत्साहजनक रहेको उल्लेख गरेको भए पनि त्यसमा सत्यता नभएको उनको दाबी छ।

उनले भने, ‘म सरकारलाई संविधानको धारा ४ स्मरण गराउन चाहन्छु। जहाँ लेखिएको छ, ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण साथै धर्म  र संस्कृतिको स्वतन्त्रता सम्झिनुपर्छ’। तर, के हामी भयरहित वातवरणमा सनातन धर्म संस्कृति मनाउन सकिरहेका छौं?

पछिल्लो समय भयरहित वातावरणमा सनातन धर्म मान्‍नेहरुले आफ्नो पर्व मनाउनसमेत त्रसित हुनुपर्ने स्थिति सिर्जना भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भनेका छन्, ‘रौतहट, कपिलवस्तु, धनुषा, महोत्तरी, बाँकेलगायतका जिल्लाहरुमा लगातार अतिवादी शक्तिहरुद्वारा दुर्गापूजा, छठ, कलशयात्रा, सरस्वती पूजा, रामनवमीजस्ता पर्वहरु मनाइरहँदा आक्रमण गर्ने कार्यहरु भइरहेका छन्।’

‘सनातन भन्‍नाले मैले हिन्दु मात्र भन्‍ने अर्थ नलगाइयोस्। यसमा हिन्दु, बौद्ध, किराँतलगायतका अन्य धर्म मान्‍नेहरुमा पनि धर्मान्तरणको व्यापक वृद्धि भइरहेको छ,’ उनले थप प्रश्‍न गरे, ‘यसरी राष्ट्रिय संस्कृति र सभ्यता नै खतरामा परेको बेला के यो विषय सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्नु हुँदैन? त्यसैले यो रोस्टममा मैले सनातन हिन्दु राष्ट्र जिन्दावादको नारा लगाएको हो।’

सांसद साहले नीति तथा कार्यक्रममा कतिपय प्रशंसनीय कुराहरु उल्लेख भए पनि आर्थिक संकट समाधानको ठोस पहल हुने किसिमले व्यवस्था नगरिएको देख्‍दा निराशा उत्‍पन्‍न भएको बताए।

सरकारले नीति तथा कार्यक्रमको बुँदा ५ मा सरकारले कार्यभार सम्हालेको पाँच महिनामा आर्थिक परिसूचक सुधार हुँदै गएको उल्लेख गरेको छ। उक्त बुँदाले अर्थतन्त्रलाई परनिर्भर बनाउने सोंचको परिकल्पना गरिएको उनको गुनासो छ।

यो नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्रको कुनै परिकल्पना नगरिएको उनको भनाइ छ। उनले ग्रामिण क्षेत्रका उत्पादनलाई बजारीकरण र स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।

रौतहट २ बाट निर्वाचित सांसद साहले पहिलो पटक संसद्मा सम्बोधनको अवसर पाएका हुन्। उनले आज लोकतन्त्रको मन्दिरमा पहिलोचोटी बोल्न पाएको उल्लेख गर्दै आफूलाई विश्‍वास गरी मतदान गरी विजयी गराउने रौतहट-२ का मतदातालाई धन्यवाद दिएका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

Previous Post

पैँतालिस हजार स्याउका बोटमा ‘टेन्ट क्याटरपिलर’ को आक्रमण

Next Post

संसदमा रास्वपाको नाट्क: आफुमाथि प्रश्न उठ्दा हङगामा

स्पेशल खबर

स्पेशल खबर

Next Post
संसदमा रास्वपाको नाट्क: आफुमाथि प्रश्न उठ्दा हङगामा

संसदमा रास्वपाको नाट्क: आफुमाथि प्रश्न उठ्दा हङगामा

सैनिक सामग्री खरिद गर्न खोज्दा हिमालयन बैंकले एलसी खोल्न अस्वीकार गरे

सैनिक सामग्री खरिद गर्न खोज्दा हिमालयन बैंकले एलसी खोल्न अस्वीकार गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

सात दलीय गठबन्धनले कांग्रेस नेता यादवलाई मुख्यमन्त्रीमा अघि सारे

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

व्यस्त बजार क्षेत्र लक्षित आकासे पुल निर्माण सुरु

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

राप्रपाको निर्णयपछि समानुपातिक सांसद कञ्चन बिच्छा हटाइइन

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

व्यापार अस्थिरताबीच उद्योगलाई राहत: आरबिआईको २५ बिपिएस कटौती

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

‘समय-परीक्षित’ मित्रता: मोदीले प्रोटोकल तोडेर पुटिनलाई स्वागत

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

अस्ट्रेलियाको नयाँ नियम बालबालिकालाई अनलाइनमा जोखिममा पार्ने : युट्युब

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

विग विजनेश प्रा.लि. द्धारा सञ्चालित स्पेशल खबर डटकम अनलाईन
www.specialkhabar.com/
ईश्‍वरपुर नगरपालिका,सर्लाही । मधेश प्रदेश
news@specialkhabar.com

हाम्रो टिम

    • सञ्चालक : राज बबर साह
+९७७-९८
  • सम्पादक : दिपक चौलागाई
  • सम्वाददाता : राजनिश कुशवाहा
  • फोटो पत्रकार : देवेन्द्र कुशवाहा

बजार व्यवस्थापक

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरञ्जन
  • स्वास्थ्य
  • शिक्षा

© 2022 - All copyrights reserved to .Special Khabar || design & developed by Deal Front.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
%d