काठमाडौं, २६ असार । राष्ट्रिय एकता अभियानकी निवर्तमान उपाध्यक्ष सुनिता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी छन् ।
मंगलबार काठमाडौं अभियन्ता साह समतामूलक समाज निर्माण महाअभियानमा प्रवेश गरेकी हुन् । उनलाई महाअभियानमा उपाध्यक्ष पदमा समेत नियुक्त गरिएको छ ।
विनय यादवको नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानको केन्द्रीय समिति सोमबार मात्रै विघटन गरिएको थियो । अभियानको केन्द्रीय समिति विघटन भएसँगै आफू सो संस्थाबाट अलग भएको साहले जानकारी दिएकी छन् ।
दशकौंदेखि साह सामाजिक तथा राजनीतिक कार्य गर्दै आएकी छन् । उनले यो महाअभियानमार्फत् अब समाज र नागरिकका लागि झन् बढी सक्रिय भएर सामाजिक कार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन् ।